गण्डकी गाउँपालिका ८ काठे पोल मुक्त वडा घोषणा

  • प्रकाशित मिति : Sun-15-Dec-2019
  • - Admin
title

काठमाण्डौ,  मंसिर । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ८ लाई काठे पोल मुक्त वडा घोषणा गरीएको छ । शनिबार आयोजित एक कार्यक्रमका बीच वडा नं ८ लाई काठे पोल मुक्त घोषणा गरीएको हो । 
 
वडा नं ८ गोरखा जिल्लाकै पहिलो काठे पोल मुक्त वडा बनेको हो । सो वडामा  ५ सय काठे पोल विस्थापन गरी फलामे पोल राखिएको वडाध्यक्ष राम प्रसाद रेग्मिले बताए । उनका अनुसार प्रति पोल रु. १३ हजार ५ सय बराबरको ५ सय फलामे पोल राखिएको बताए । काठका पोल कमजोर हुने हुँदा  जुनसुकै समयमा भाचिन सक्ने र मानविय तथा भौतीक क्षती पुर्याउने हुँदा त्यसबाट बच्न तथा विद्युतको सहज आपूर्तिका लागि काठको पोल विस्थापन गरीएको उनले बताए । वडाको पहलमा गण्डकी गाउँपालिका बाट १५० र गोरखा जिल्लाबाट ३५० पोल माग गरी वडामा रहेको काठको पोल विस्थापन गरीएको वडाधयक्ष रेग्मिले बताए । 
 
कार्यक्रममा गोरखा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य हरिराज अधिकारीको प्रमुख आथित्य रहेको थियो ।  उनले  कार्यक्रममा वडा नं ८ ले समग्र गोरखा जिल्लाका लागि उदाहरणीय काम गरेको बताए ।  त्यस्तै कार्यक्रममा विशेष अथितिका रुपमा विद्युत प्राधिकरणका इन्जिनियर कृष्ण दुवाडीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया