भर्खरै

बागलुङ नगरपालिका–६ मा उज्यालो वडा अभियान सञ्चालन

  • प्रकाशित मिति : Thu-20-Dec-2018
  • -
title

बाग्लुङ, पुस । बागलुङ नगरपालिका–६ मा उज्यालो वडा अभियान सञ्चालन भएको छ । बागलुङ नगरपालिका–६ ले सडकलगायत सबै सार्वजनिकस्थलमा बिजुली बाल्ने वडाको योजना लिएर हालसम्म २०० सडकबत्ती जडान गरिएको बागलुङ नगरपालिका–६ का वडाध्यक्ष खिमराज सापकोटाले बताए ।
गत आवमा सडकबत्तीका लागि वडाले रु एक लाख बजेट छुट्याएको थियो भने चालू आवमा पनि रु एक लाख बजेट उनको भनाई छ । “वडाभित्रका सबै सडकलाई उज्यालो बनाउँदैछौँ”, वडाध्यक्ष सापकोटाले भने, “टोल र सार्वजनिकस्थलमा समेत बत्ती पुग्छ ।”टोल–टोलमा मिटरबक्स जडान गरी स्थानीयवासीले नै महसुल तिर्ने व्यवस्था मिलाइएको बताउँदै यो वर्ष पनि थप १०० सडकबत्ती जडान गरिने वडाले जनाएको छ ।
 भिरलाङ्खुरी लगायत केही टोलका सडकमा बत्ती जोड्न बाँकी छ । वडाले खम्बा र बत्तीको जडान खर्च व्यहोर्दै आएको छ । उज्यालो वडा अभियानमा जनसहभागिता जुटाइएको छ । बत्ती खरीद र महसुल टोलीवासीले नै तिर्छन् । 
सडकमा चौबिसै घण्टा उज्यालो हुँदा दुर्घटनादेखि गलत क्रियाकलाप न्यूनीकरणमा समेत टेवा पुग्ने विश्वास लिइएको छ । वडाभित्रै पर्ने धार्मिक पर्यटकीय गन्तव्यस्थल पञ्चकोट आउजाउ गर्ने भक्तजन, पर्यटकलाई पनि उज्यालो वडा अभियानले लाभ पु¥याउने छ ।

प्रतिक्रिया