नेपाली बजारमा लिडजन्य झिलिमिलि बत्तीको प्रयोग बढ्दो छ

  • प्रकाशित मिति : Wed-07-Nov-2018
  • - सुर्दशन पौड्याल   प्रथम उपाध्यक्ष, नेपाल विद्युतीय व्यवसायी महासंघ 
title


बत्तीहरुको पर्व तिहार नजिकिदै गर्दा बजारमा विद्युतीय सामग्रीहरुको बिक्रि वितरणको चहलपहल  बढ्न थालेको छ । तिहारमा विशेष गरी झिलिमिली बत्तीहरुको प्रयोग बढी हुने गर्दा बजारमा चहलपहल बढेको हो ।
 अहिले बजारमा आएका जति पनि तिहार विशेष लाइट्सहरु छन् ती सबै लिड जन्य नै छन् । तिहारको समयमा झिलिमिलि बत्तीहरुको प्रयोग देशभर बढी हुने हुँदा  प्राधिकरणमा लोड बढी पर्ने गर्दछ । त्यसलाई कम गर्नका लागि लिड जन्य झिलिमिली बत्ती उपयुक्त रहेको छ ।  तिहार लक्षित गर्दै नेपाली बजारमा आयात गरिएका झिलिमिली बत्तीहरु विशेष गरी चीन र भारत बाट आयात हुँदै आएको छ । नेपालमा वर्षेनी ६० देखि ७० करोड रुपैँया बराबरको झिलिमिली बत्तीहरु आयात हुने गर्दछ । यस मध्ये ९० प्रतिशत झिलिमिली बत्ती चीन बाट आयात हुने गर्दछ भने १० प्रतिशत भारत बाट आयात हुने गर्दछ । तिहार विशेषका लागि नै झिलिमिलि बत्तीहरु आयात गर्दा नेपालबाट करोडौँ रुपैँया विदेशीने गरेको छ । बजार सानो हुनु, व्यवसाय गर्ने उपयुक्त वातावरण नहुनु,औद्योगिक वातावरण नबन्नु नै आयात गर्नुपर्ने  मूख्य कारण हो ।  
नेपालमा अहिले भइरहेको आयातलाई  प्रतिस्थापन गर्न सरकारी निकायले नै विशेष ध्यान दिनु जरुरी छ ।  उद्योग सञ्चालन गर्दा आउने विभिन्न किसिमका झन्झटहरु समाधान हुनु पर्दछ भने उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थहरु आयात गर्दा सरकारले सहुलियत प्रदान गर्नु पर्दछ । भन्सार नीति स्पष्ट हुनु पर्दछ । त्यस्तै उद्योग सञ्चालनमा लगानीकर्ताहरुलाई प्रोत्साहन गर्नु पर्दछ ।      

प्रतिक्रिया