भर्खरै

“उपभोक्तालाई गुणस्तरीय सामान, उचित मूल्य र समयमा नै सेवा दिनु पर्दछ” 

  • प्रकाशित मिति : Wed-02-May-2018
  • - सुरेश पोखरेल नेशनल सेल्स म्यानेजर, गोयनका इलेक्ट्रोनिक्स प्रा. लि.
title

अहिलेको प्रतिस्पर्धी विद्युतीय बजारमा नयाँ कम्पनीका नयाँ प्रडक्टहरूले बजारमा स्थापित हुनका लागि निकै नै कठिन रहेको छ । तर छोटो समयमा नै गोयनका ग्रुप अन्र्तगतको गोयनका इलेक्ट्रोनिक्स प्रा.लि का प्रडक्टहरूले भने आफ्नो बजार जमाउन थालिसकेको छ । उचित मूल्य, गुणस्तरीय सामग्री र समयमा नै उपभोक्तालाई सर्भिस दिने प्रवृत्तिले गर्दा गोयनका इलेक्ट्रनिक्स प्रा.लि का प्रडक्टहरूले उपभोक्ताको मन जित्न सफल भएको हो । यसै बीच गोयनका इलेक्ट्रोनिक्स प्रा.लि का नेशनल सेल्स म्यानेजर,सुरेश पोखरेल सँग प्रा.लि बाट उत्पादित विद्युतीय सामग्रीहरूको प्रकार, सामग्रीहरूको गुणस्तर, उपभोक्ताको चाहना, डिलरको अवस्था, भन्सारको अवस्था लगायत नेपाल सरकारले उत्पादक कम्पनीहरूका लागि गर्नुपर्ने कार्यका विषयमा विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश ः

गोयनका इलेक्ट्रोनिक्स प्रा.लि ले बजारमा कस्ता प्रडक्टहरू ल्याएको छ ?

गोयनका ग्रुप अन्र्तगत को गोयनका इलेक्ट्रोनिक्स प्रा.लि ले घरायसी प्रयोजनका साना देखि ठुला सबै प्रकारका विद्युतीय सामग्रीहरू बजारमा ल्याएको छ । सबै प्रकारका उपभोक्ताको आवश्यकतालाई मध्यनजर गर्दै यस प्रा.लि ले आफ्ना प्रडक्टहरू बजारमा ल्याएको छ । सन् २०१६ मा गोयनका ग्रुप अन्र्तगत स्थापना भएको यस प्रा.लि ले छोटो समयमा नै उपभोक्ताहरूको मन जित्न सफल भएको छ । आइरन, फ्यान,राइसकुकर, ग्राइन्डर, वासिङ मेसिन, फ्रिज, हिटर,गिजर, कुलर,ए.सी लगायत विभिन्न विद्युतीय सामग्रीहरू हामीले बजारमा ल्याएका छौ । 

यस प्रा.लि ले इलेक्ट्रिसियनहरूका लागि तालिम प्रदान गरेको छ कि छैन ? बताई दिनुहोस् न । 

हामीले कम्पनी भन्दा बाहिरका इलेक्ट्रिसियनहरू लाई लक्षित गरेर हामी कुनै पनि तालिमहरू सञ्चालन गरेका छैनौँ । हाम्रो जति पनि डिलरहरू रहेका छन् ति सबै ठाउँमा आफ्नै इन्जिनियरहरू रहेको हुँदा हामीले कम्पनीका इन्जिनियरहरूलाई चाँहि समय समयमा तालिम प्रदान गर्दै आएका छौ । यद्यपि इलेक्ट्रिसियनहरूलाई भावि दिनमा कुन प्रडक्ट कसरी जडान गर्ने, कुन प्रडक्ट कस्तो खालको भन्ने विषयमा आधारित भएर तालिम भने प्रदान गर्ने योजनामा छौ । 

सामग्रीहरूको वारेन्टीको अवस्था कस्तो रहेको छ ?

हाम्रो यस प्रा .लि बाट बिक्रि वितरण हुँदै आएका विद्युतीय सामग्रीहरूमा सामान्यतया १ वर्ष देखि ५ वर्ष सम्मको वारेन्टी रहेको छ । वारेन्टी समयावधि भित्र ग्राहकको नियम अनुसार सुविधा पाउँछ र वारेन्टी सकिएपछि बिग्रिएको खण्डमा उक्त सामान मर्मत गर्दा लाग्ने न्युनतम शुल्क लिएर कम्पनीले मर्मत गरिदिने सुविधा दिएको छ ।

अहिलेको प्रतिस्पर्धी बजारमा गोयनका इलेक्ट्रोनिक्स प्रा.लि ले आफ्ना प्रडक्टहरूलाई कसरी स्थापित गराउँदै आएको छ ?

अहिलेको समयमा जुनसुकै सामग्रीहरूमा प्रतिस्पर्धा निकै नै रहेको छ । बजारमा १० औँ बर्ष अघि देखि सामग्रीहरूको बिक्रि वितरण गर्दै आएका कम्पनीहरू रहेका छन्, यस्तो प्रतिस्पर्धी समय र बजार मा स्थापित हुनका लागि चुनौती पूर्ण रहेको छ । तर उपभोक्ताहरूलाई उच्च गुणस्तर युक्त, तथा सान्र्दभिक मूल्यमा सामग्रीहरू प्रदान गर्नुका साथै उचित समयमा नै उपभोक्तालाई सेवा प्रदान गर्ने हो भने छोटो समयमा पनि बजारमा स्थापित हुन सकिन्छ । हामी यी तीनै कुरालाई प्राथमिकतामा राखि अघि बढ्दै आएका छौ । हाम्रा प्रडक्टहरू नेपालका सबै भू–भागमा पु¥याउने हाम्रो लक्ष्य रहेको छ । हाम्रो प्रडक्टहरू प्रति उपभोक्ताको विश्वासका कारण नै छोटो समयमा नै बजारमा स्थापित हुँदै गएका छौ । आगामी एक वर्षमा नेपालभर हाम्रा प्रडक्टहरू विस्तार गर्ने छौ ।

यस प्रा.लि को डिलर को अवस्था कस्तो रहेको छ ?

हाम्रो प्रा.लि को नेपालभर अहिले सम्म करिब दुई सय भन्दा बढि डिलरहरू रहेका छन् । हाम्रो डिलर नभएका स्थानहरूमा भने हामीले डिष्टीब्युटर(वितरक) मार्फत बजारमा हाम्रा प्रडक्टहरू पु¥याएका छौ । यद्यपि हाम्रो प्रा.लि मार्फत आएका सबै प्रडक्टहरू जुन ठाउँमा पुग्नु पर्ने त्यस ठाउँमा अझै पु¥याउन सकेका छैनौँ । हामी आगामी दिनमा डिलरको संख्या अझै बढाउँदै जाने र नेपाल भर हाम्रो प्रडक्टहरूको विस्तार गर्ने योजनामा रहेका छौ ।

यस प्रा.लि का प्रडक्टहरू गुणस्तर युक्त छन् भनि उपभोक्ताले विश्वास गर्ने आधारहरू के के रहेका छन् ?

हाम्रा प्रडक्टहरू जब सम्म उपभोक्ताले उपभोग गर्दैनन् तब सम्म हाम्रा प्रडक्टहरू गुणस्तरयुक्त छन् या छैन भनि विश्वास हुँदैन । तर जब हाम्रो प्रडक्टहरू उपभोक्ताले प्रयोग गर्दछन् त्यस पछि हाम्रो प्रडक्टहरू माथि उपभोक्ताले विश्वास गर्दछन् । एक पटक हाम्रो प्रडक्ट प्रयोग गरिसके पछि पुन ः हाम्रै प्रडक्ट प्रयोग गर्न उपभोक्ताहरू उत्साहित हुन्छन् । हामीले अन्र्तराष्ट्रिय बजारकै उत्कृष्ट कम्पनीहरूबाट उच्चगुणस्तर सामग्रीहरू आयात गर्ने गर्दछौ भने हाम्रो आफ्नै गुणस्तर टेष्ट ल्याव समेत रहेको छ । 

विभिन्न मुलुकहरूबाट सामनहरू आयात गर्दा भन्सार दर रेट फरक फरक हुने गरेको छ, भन्ने सुनिन्छ, यसमा तपाई के भन्नु हुन्छ ?

हामीले सामग्रीहरू आयात गर्दा भन्सारमा एउटै सामग्रीको पनि फरक फरक भन्सार दर हुने गरेको छ । यो सरकारको असमान नीति हो । एउटै ब्राण्डका उतिनै मूल्यका सामग्री तर मोडल मात्र फरक भए पनि भन्सारमा निकै झमेला हुने गरेको छ । जतिपनि प्रडक्टहरू आयात गर्छौ, ति आयातित प्रडक्टहरूमा समान भन्सार दर लागु हुन आवश्यक छ । त्यस्तै नेपाल सरकारले पनि भन्सार कार्यलयमा कर्मचामरी राख्दा सम्बन्धित क्षेत्रमा ज्ञान भएका कर्मचारीहरू राख्नु आवशयक छ । सरकारले भन्सार दर मा समान नीति लागु गर्ने हो भने हामी जस्ता सामग्रीहरू आयात गर्ने आयातकर्ताहरूलाई सहज हुने थियो । 

सरकारले यस्ता कम्पनीहरूलाई कस्तो खालको सहयोग गर्नु पर्ला ?

नेपाल सरकारले समान नीति लाई पहिलो प्राथमिकता दिई त्यसको लागु गर्नु पर्दछ । यदि सरकारले यस्तो नीतिको लागु गर्ने हो भने अहिले बजारमा भईरहेको अण्डर विलिङ्गका समस्याहरूको पनि समाधान हुने थियो । त्यस्तै बजारमा भईरहेको अस्वस्थ प्रतिस्पर्धाको अन्त्य हुने थियो । अण्डर विलिङ्ग समस्याको समाधान हुना साथ सरकारलाई राजश्व पनि आउने र हामी जस्ता फुल भ्याट बिलमा काम गर्ने संस्थाहरूलाई राहत हुने थियो । सरकारले जति पनि अण्डर विलिङ्ग भई काम गरेका कम्पनीलाई फुल भ्याटमा ल्याएर काम गराउन सक्नुपर्छ । 

अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनु हुन्छ ?

कुनै पनि उपभोक्ताले सामग्रीहरू किन्दा गुणस्तरीयतालाई पहिलो प्राथमिकता दिदै फुल भ्याटमा सामग्रीहरू किनेर बिल लिन नछुटाउने गर्नुपर्दछ । उपभोक्ताले जबसम्म फुल भ्याटमा सामग्रीहरू खरीद गर्दैन तब सम्म उपभोक्ता बाट राज्यपनि ठगिएको हुन्छ । तसर्थ यस्ता कुरामा उपभोक्ता सचेत हुन जरुरी छ । त्यस्तै यस प्रा.लि ले मूख्य गरी गुणस्तरी सामान, उपभोक्ता अनुसारको मूल्य निर्धारण, समयमा नै उचित सेवा दिने कार्यमा लागि पर्दै आएको छ र आगामि दिनमा पनि यस्तै सेवा प्रदान गर्दै अघि बढ्ने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार