भर्खरै

न्यून बिजकीकरणलाई मध्यनजर गरौं

  • प्रकाशित मिति : Thu-11-Jan-2018
  • - शिवकुमार कार्की मकवानपुर विद्युतीय व्यवसायी संघ
title

नेपाल विद्युत व्यवसायी महासंघले नेपाल भरी छरिएर रहेका विद्युत व्यवसायीहरूलाई अग्रसर गराउनु पर्ने भएको छ । हरेक विद्युतीय व्यवसायी संघहरूमा अन्तरक्रिया कार्यक्रम एवंम मोटीभेस्नल तालिमलाई निरन्तरता दिई अगाडी बढाउनु पर्छ । 
व्यवसायीहरूलाई अगाडी बढाउनका लागि महासंघले योजनाहरू विस्तार गरेता पनि अझै त्यसलाई निरन्तरता दिनु पर्दछ । हरेक विद्युत व्यवसायीको समस्यालाई समाधान गर्ने उद्देश्यले अन्य नगरहरूमा पनि शाखा स्थापना गरि के हो त व्यवसाय ? कसरी आफ्नो व्यवसाय प्रति आत्मनिर्भर रह्ने भन्ने कुरालाई ध्यानमा राख्नु महासंघको कर्तव्य रहेको छ । आफ्नो व्यवसायको बारे राम्रोसँग के हो कस्तो व्यवसाय हो भन्दा प्रस्तुत गर्न नसक्ने व्यवसायीलाई कसरी बोल्ने र कस्तो तरिकाले आफ्नो स्थान कायम राख्ने भन्ने कुरालाई बुझाउन महासंघले नगर–नगरमा मोटीभेस्नल तालिम संचालन गर्नु वर्तमान आवश्यकताको रुपमा स्थापित भएको छ । समय र समस्यालाई केन्द्रित गरेर महासंघले विभिन्न शाखाहरूमा कार्यक्रम सञ्चालन गरि व्यवसायीहरूमा एक प्रकारको उत्साह थपेर हरेक कार्यक्रमहरू व्यवसायी संघहरू बीच प्रस्तुत गर्नुपर्छ । 
उत्साहले नै यस व्यवसायमा निखार ल्याउँदछ भन्ने मान्यताका साथ महासंघले पहिलाको तुलनामा आफ्नो कार्यलाई तीव्र रुपमा निरन्तरता दिएको देखिन्छ । तर पनि अझै कतिपय कुराहरू भनाइमा मात्र सीमित भएको छ, त्यसैले ती कुराहरूलाई गरेरपनि देखाउन आवश्यक रहेको छ । महासंघको छलफलमा निर्णय भएको न्यून विद्युतीकरण र तारको मुल्य निर्धारणलाई कडाइको साथ एकरुपता लागु गर्ने भनियता पनि अझै सम्म लागु गर्न नसक्दा व्यवसायीहरू त्यसको मारमा परेका छन् । तार बिक्रिमा निमाले नै व्यवसायीको हितका लागि नेपाल सरकारले १० प्रतिशत नाफा लिएर बिक्रि गर्दा असर नपर्ने भनियता पनि त्यसको अव्यवस्थित बजार मुल्य निर्धारण भएको छ । त्यसकारण महासंघले यस विषयलाई हरेक विद्युत व्यवसायी संगठनमा कडाईको साथ सु–व्यवस्थित बनाएर अगाडी बढाउन उत्प्रेरित गर्नु पर्ने पहिलो आवश्यकता रहेको छ । 

प्रतिक्रिया