भर्खरै

विद्युत् सर्ट भई फर्निचर उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

  • प्रकाशित मिति : Mon-26-Nov-2018
  • - Admin
title

 
मङ्सिर १०, काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित एक फर्निचर उद्योगको कारखानामा विद्युत् सर्ट भई भीषण आगलागी भएको छ । बुद्धनगरको बागमती खोला नयाँ पुल नजिकैको उक्त कारखानामा करीब ३ बजेतिर अ शुरु भएको आगलागी नियन्त्रणको प्रयास जारी रहेको छ । महानगरपालिकाका दुई दमकलले आगो निभाउन नसकेपछि अहिले भक्तपुर र ललितपुरबाट पनि दमकल बोलाइएको छ ।
 
 आगलागीबाट मानवीय क्षति नभएको प्रहरीको अनुमान छ । कारखाना नजिकका अन्य आगो फैलिन नदिन प्रयास भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया