भर्खरै

विद्युत् गृहको सर्किट ब्रेकरमा आगलागी हुदा दुई जना घाइते

  • प्रकाशित मिति : Sun-25-Nov-2018
  • - Admin
title

काठमाडौँ, ९ मंसिर : नेपाल विद्युत् प्राधिकरण त्रिशूली जलविद्युत् गृह दोस्रो युनिटको सर्किट ब्रेकरमा आगलागी हुँदा दुई जना घाइते भएका छन् । 
घाइते हुनेमा सुपरभाइजर गुञ्जमान तामाङ र इञ्जिनीयर प्रविण चौधरी रहेको जलविद्युत् गृहका प्रमुख तारादत्त भट्टले जानकारी दिए । घाइतेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ । 
घाइतेमध्ये तामाङको अवस्था गम्भीर रहेको छ । शनिवार दिउँसो ३ बजेर ४५ मिनेटको समयमा विद्युत् गृहमा आगलागी भएको हो । आगलागीका कारण २१ मेगावाट क्षमताको सोही विद्युत् गृह र त्यसैको क्यास्केड १४ मेगावाटको देवीघाट विद्युत् गृहसमेत बन्द भएको छ । जसका कारण ३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारणबाट बाहिरिएको छ । कूल २१ मेगावाट क्षमताको उक्त विद्युत् केन्द्रबाट हाल १६ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको थियो । 
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले आगलागीका विषयमा छानबिन भइरहेको जानकारी दिए । दुईवटै विद्युत् गृह बन्द भएपछि नुवाकोट, रसुवा र धादिङको केही क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ । 
प्रवक्ता अधिकारीले वैकल्पिक व्यवस्था गरेर भए पनि अवरुद्ध रहेको स्थानमा विद्युत् आपूर्तिको व्यवस्था मिलाइने जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago