भर्खरै

घोराहीमा फोहरबाट ग्यास निकालिदै

  • प्रकाशित मिति : Wed-21-Nov-2018
  • - Admin
title

तुलसीपुर, मंसिर ।  घोराहीमा फोहरबाट ग्यास निकालिने भएको छ ।  घोराही उपमहानगरपालिकाले नेपाल ऊर्जा विकास कम्पनी प्रालि लाई   एक वर्षपछि ग्यास उत्पादन गर्ने गरी २० वर्षसम्मका लागि जिम्मा दिएको छ । दुई वर्ष लामो गृहकार्यपछि फोहोरबाट ग्यास उत्पादन गर्न उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र उक्त कम्पनीबीच सोमबार त्रिपक्षीय सम्झौता भएको हो । 
उपमहानगरका प्रमुख नरुलाल चौधरी, कम्पनीका निर्देशक श्रीराम अधिकारी र केन्द्रका कार्यक्रम व्यवस्थापक प्रकाश आर्यालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 
 २० करोड रुपैयाँको लागतमा  निर्माण हुने उक्त ग्यास उद्योगका लागि ६० प्रतिशत निजी कम्पनी र ४० प्रतिशत विश्व बैंकले व्यहोर्ने भएको छ । घोराही उपमहानगरपालिका–१६ करौटी डाँडामा रहेको ल्याण्डफिल साइटमै उक्त ग्यास उद्योग स्थापना गरिने भएको छ । 
कम्पनीका अनुसार अब लगत्तै निर्माण प्रक्रिया थालिने र १४ महीना पछि ग्यास उत्पादन गरिने जनाएको छ । उपमहानगरपालिका क्षेत्रबाट संलित कुहिने फोहरबाट दैनिक एक हजार ३०० किलो ग्यास र छ टन जैविक मल उत्पादन गरिने भएको छ । 
उत्पादन थालेको पाँच वर्षसम्म उपमहानगरपालिकाले फोहर संलन तथा ढुवानीमा सहयोग गर्नुपर्ने र २० वर्षपछि उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । उत्पादनपछि कूल उत्पादनको एक प्रतिशत रकम उपमहानगरलाई बुझाउनु पर्ने र थप रकमका लागि पाँच वर्षपछि छलफलका आधारमा निर्धारण गरिने भएको छ । 
 

प्रतिक्रिया