भर्खरै

सिङ्गटीखोला जलविद्युत आयोजना निर्माणकार्य ८० प्रतिशत  सम्पन्न

  • प्रकाशित मिति : Fri-16-Nov-2018
  • - Admin
title

जिरी,  कात्तिक ।  दोलखा जिल्लाको सिङ्गटी खोलामा निर्माणाधीन २५ मेघावाटको सिङ्गटीखोला जलविद्युत् आयोजनाको निर्माणकार्य करीब ८० प्रतिशत सम्पन्न भएको छ । 

असोज २० मा आयोजनाको सुरुङको पहिलो ‘ब्रेक थ्रु’सँगै करीब ८० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख मनहरि सापकोटाले बताए । आयोजनाको पहिलो सुरुङ छिचोलेपछि सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले दुई वर्षको अवधिमा आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुर्‍याएको हो । 

अहिले आयोजनाको हेडतर्फको सुरुङभित्र फिनिसिङको काम शुरु भएको अयोजना प्रमुख सापकोटाले जानकारी दिए । पाँच हजार ९१५ मिटर लामो हेडरेस सुरुङमध्ये अब पावरहाउसतर्फको खण्डमा ९०० मिटर सुरुङ मात्र खन्न बाँकी रहेको आयोजनाले जनाएको छ । फागुनभित्र मुख्य सुरुङ छेड्ने लक्ष्य आयोजनाले राखेको छ । 

विद्युतगृहको काम पनि करीब ६० प्रतिशत सम्पन्न भएको आयोजनाको भनाइ छ । चैत मसान्तभित्र विद्युत्गृहको काम पनि सकिने आयोजना प्रमुख सापकोटाले बताए । सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माणको अनुमति दिएको यस अयोजनाबाट २०७६ वैशाख १ गतेदेखि विद्युत् उत्पादन गर्ने तालिका छ । कुनै कारणवश निर्माणमा ढिलाइ भए ढिलोमा २०७६ असारसम्ममा विद्युत् उत्पादन शुरु हुने आयोजनाले जानकारी दिएको छ । 

रु चार अर्ब ६३ करोड लागत अनुमान गरिएको यस आयोजना निर्माण शुरु गर्दा १६ मेगावाट क्षमता रहेपनि पछि क्षमता वृद्धि गरी २५ मेगावाट पु¥याइएको थियो । 
रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 11 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 16 hours ago