भर्खरै

दाङमा हावाबाट विद्युत उत्पादन गरिने

  • प्रकाशित मिति : Thu-15-Nov-2018
  • - Admin
title

लमही, २९ कात्तिक । दाङमा हावाबाट बिजुली उत्पादन गरिने भएको छ ।  दाङ गढवा गाउँपालिकका–८ कोइलाबास र बङ्गलाचुली गाउँपालिकाका–२ पुरुङछेरामा हावाबाट विद्युत निकालिने भएको हो । 
 इञ्जिनियर गौरव दुलालका अनुसार स्याटलाइटबाट हेर्दा ती दुई स्थानमा हावाबाट बिजुली निकाल्न सकिने सम्भावना भएकाले काम अगाडि बढाएको जानकारी दिए ।  कुन ठाउँमा कति हावा लाग्छ भनेर नाप्ने यन्त्र नेपालमा नभए पनि स्याटलाइटको माध्यमबाट सम्भावित क्षेत्रमा काम अगाडि बढाइ रहेको उनले बताए । 

इञ्जिनियर दुलालले  दुवै स्थानमा टावर निर्माण गर्नुका साथै पङ्खा पनि जडान गरिएको बताउदै  ८० मिटर अग्लो टावर र त्यसमा जडान गरिएका पङ्खाले दुई वर्षसम्म हावाको गति मापण गर्ने र बिजुली निकाल्न सक्ने क्षमताको हावा लाग्ने भए विद्युत उत्पादन शुरु बताए । 
इञ्जिनयिर दुलालका अनुसार विद्युत उत्पादनका लागि हावाको गति कम्तीमा छ मिटर प्रतिसेकेण्ड हुनुपर्छ । अहिले हावाको गति मापण गर्ने काम भइरहेको छ । हावाको गति मापण गर्नका लागि टावरको २० देखि ८० मिटरको दूरीमा एमीमोमिटर जडान गरिनुका साथै, दिशा नाप्ने, तापक्रम नाप्ने यन्त्रसमेत जडान गरिएको छ । यी सबै मापन भइसकेपछि मात्रै बिजुली उत्पादन शुरु हुने उनले बताए । पहिलो चरणमा रु ५०÷६० लाख बराबरको काम भएको उनले जानकारी दिए । 

प्रतिक्रिया