तपाई गिजर खरिद गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस् । 

  • प्रकाशित मिति : Wed-14-Nov-2018
  • - Admin
title

काठमाण्डौ, कात्तिक । प्रविधिको विकासले छलाङ्ग मारेसँगै मानिसहरुको इच्छा र आवश्यकताहरुमा पनि परिवर्तन आएको छ । मानिसहरुले मौसम अनुसारको सामानहरुको प्रयोग गर्दछन् । अहिले चिसो बढिसकेको छ । जाडोलाई भगाउन मानिसहरु न्यानो कपडासँगै तातोपानीको व्यवस्था गर्न तर्फ लाग्छन् । त्यसैले बजारमा विभिन्न कम्पनीका गिजरहरु खरिद बिक्रि हुने गरेको पाइन्छ ।  गिजर खरिद गर्दा आम मानिसहरुले आफ्नो आवश्यकता, सहुलियत तथा बजेटलाई हेरेर गिजर खरीद गर्छौ । तर त्यसको विशेषता, सुरक्षा,साइज तथा वारेन्टी जस्ता कुरामा ध्यान राख्ने कुराहरुमा बेवास्ता गर्छौ । 
तपाईले आफ्नो बाथरुम र परिवारको संख्या हेरेर घरमा तातो पानी कति प्रयोग हुन्छ  सोही अनुसार गिजर छनौट गर्नुपर्ने हुन्छ । जस्तो, तपाईलाई तुरुन्तै पानी तातो बनाउने इन्स्टेन्ट वाटर हिटर चाहिएको हो या फेरि ठूलो साइज भएको ग्यास गिजर चाहिएको हो । वा, तपाईलाई स्टोरेजवाला गिजर चाहिएको हो । यी सबै कुरालाई विचार गरेपछि तपाईलाई गिजरको खरिदारीमा सहज हुन्छ । यस बाहेक परिवारमा सदस्यको संख्या, घरमा तातो पानी कति प्रयोग हुन्छ भन्ने कुराले समेत कुन गिजर छनौट गर्ने भन्ने कुरा निर्धारण हुन्छ । यसकारण गिजर खरिद गर्नुअघि यी कुराहरुमा ध्यान दिनुहोस् ताकि खरिदपछि पछुताउनु पर्दैन ।

थर्मोस्टेटमा ध्यान दिनू

गिजर खरिद गर्दा सबैभन्दा पहिले थर्मोस्टेटमा ध्यान दिनुपर्दछ  । थर्मोस्टेटबाट  पानीलाई हामीले आफ्नो आवश्यकता अनुसार कति तातो बनाउने हो बनाउन 
सकिन्छ । अधिकांश गिजरहरुमा प्राय एउटा बटन हुन्छ, जसबाट तापक्रम एडजस्ट गर्न सकिन्छ । तर, कतिपय महंगो मोडेलमा तपाईले तापक्रम म्यानुुअल्ली छनौट गर्नुपर्ने हुन्छ । कतिपय गिजर्समा डिजिटल मिटर्स पनि हुन्छ, जसले पानीको सही तापक्रम देखाउने गर्छ । यस्तै, कतिपय गिजरमा भने मौसमको हिसाबले पानी तताउने पावर नियन्त्रण गर्न सकिन्छ  ।

सेफ्टी फिचर्स

गिजर खरिदको समयमा सुरक्षाको विषयलाई समेत ध्यान दिनुपर्ने हुन्छ । इलेक्ट्रिक गिजर्सको कुरा गर्ने हो भने अधिकांश गिजर सेफ्टी बल्बको साथमा आउँछ, जसको माध्यमबाट तपाई ओभरहिटिङबाट बच्नका लागि तापक्रम तथा प्रेसरलाई नियन्त्रण गर्न सक्नुुहुन्छ । ग्यास गिजरको कुरा गर्ने हो भने यसलाई खरिद गर्ने क्रममा तपाईले यसको भेन्टिलेसन सिस्टमको विषयमा जानकारी हासिल गर्नुपर्ने हुन्छ ।

साइज

गिजर खरिद गर्दा आफ्नो आवश्यकताका आधारमा गिजरको आकार छनौट गर्नुपर्ने हुन्छ । अधिकांश घरमा सानो बाथरुम हुन्छ, यसकारण यस्तो बेलामा सानो आकारको गिजर छनौट गर्नुपर्ने हुन्छ भने ठुलो बाथरुम भएको घरमा आवश्यकता अनुरुप गिजर खरिद गर्नुपर्छ ।  

वारेन्टीमा ध्यान दिनुहोस्

अधिकांश म्यानुफ्याक्चर्सले गिजर्समा कम्तीमा २ वर्ष को वारेन्टी दिन्छन् । तर, कतिपय उत्पादकले अलग–अलग पार्टसमा अलग–अलग वारेन्टी समेत दिन्छन् ।
रिमोट कन्ट्रोलवाला गिजर समेत उपलब्ध कतिपय गिजरमा रिमोट कन्ट्रोलको विशेषता पनि हुन्छ । जसमा तपाईले पानीको तापक्रमलाई रिमोटबाट नियन्त्रण गर्न सकिन्छ । यस्तै, कतिपय गिजरमा टाइमर्स हुन्छ, जस अन्तर्गत तपाईले एक निश्चित समयका लागि पानीको तापक्रम आफ्नो हिसाबले सेड्यूल गर्न सक्नुुहुन्छ ।
 

प्रतिक्रिया