भर्खरै

सञ्चारको सहज पहुँचमा पुगे पहाडी क्षेत्रका बासिन्दा

  • प्रकाशित मिति : Sun-11-Nov-2018
  • - Admin
title

परासी, २५ कात्तिक : पश्चिम नवलपरासीको विकट पहाडी क्षेत्रका बासिन्दा सञ्चार सेवाको सहज पहुँचमा पुगेका छन् । पश्चिम नवलपरासी तराई भए पनि यहाँ विकट पहाडी क्षेत्र पनि छ । पाल्पाको सीमासँग जोडिएका केही पहाडी बस्ती सुनवल र बर्दघाट नगरपालिकाअन्तर्गत पर्दछन् । 

नगरपालिकाभित्र परे पनि पहाडी क्षेत्रका बस्ती विकट छन् । त्यहाँका नागरिक यातायात, शिक्षा, स्वास्थ्य, सञ्चारलगायतको असहजतामा बाँच्दै आएका छन् । त्यही विकट पहाडी क्षेत्रका नागरिकलाई लक्षित गरी बर्दघाट नगरपालिकाको पहाडी क्षेत्र संसारकोटमा नगरपालिकाको पहलमा नेपाल टेलिकमले जीएसएम मोबाइल बीटीएस टावर सञ्चालनमा ल्याएको छ । 

टावर सञ्चालन भएपछि अहिले त्यस क्षेत्रका नागरिक सञ्चारको सहज पहुँचमा पुगेका छन् । नगरपालिकाको वडा नं २ मा पर्ने सो क्षेत्र बर्दघाट बजारबाट करीब दुई घण्टा उकालो पैदलयात्रापछि पुग्न सकिन्छ । सडकको ट्र्याक खुले पनि यातायातको साधन सञ्चालनमा नआएकाले सो क्षेत्र नगर भए पनि विकट छ । 

त्यहाँ टावर सञ्चालन भएपछि बर्दघाट–२ को आमबास, बाँसखोला, सुखौरा, पटुके, तिल्केनी, संसारकोटलगायतका पहाडी बस्तीका गाउँलेलाई सहज भएको छ । मोबाइल टावर नहुँदा यसअघि सो क्षेत्रका नागरिकलाई सञ्चारमा निकै असहजता थियो । 

नेपाल टेलिकमको टावर स्थापना भएपछि खुशी हुँदै संसारकोटका स्थानीय प्रेम सोमइ मगरले भन्नुभयो– “हाम्रो गाउँसहित पहाडी क्षेत्रका धेरै युवाहरु वैदेशिक रोजगारको सिलसिलामा विभिन्न देशमा छन्, तर मोबाइलको नेटवर्क सहज नहुँदा घरपरिवारसँग कुराकानी गर्न निकै असहज थियो, कतै फोन गर्न परे तत्काल फोन नलाग्ने, लागिहाले पनि आवाज नबुझिनेजस्ता समस्या हामीले भोग्दै आएका थियौँ, अव निकै सहज भएको छ ।” 

टावर सञ्चालन भएसँगै सो क्षेत्रमा इन्टरनेट प्रयोगमा पनि सहजता आउने नेपाल टेलिकमले जनाएको छ । 

सहज रूपमा मोबाइल प्रयोग गर्न पाएपछि बर्दघाटका उच्च पहाडी भेगका नागरिकमा खुशीयाली छाएको छ । केही दिनअघि सो सेवाको शुभारम्भ गर्दै बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले अब नागरिकले सहज रूपमा सञ्चार सेवा प्रयोग गर्न पाउने भन्दै बर्दघाट नगरपालिकाको पहाडी भेगलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आफ्नो योजनामा सञ्चारको सहज पहुँचले एउटा इँट्टा थपेको बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago