भर्खरै

तिहारका लागि ९० प्रतिशत झिलिमिली बत्ती चीनबाट आयात झालरको बढी बिक्रि

  • प्रकाशित मिति : Wed-07-Nov-2018
  • - Admin
title

 

रुपा तुलाधर,
काठमाण्डौ, कात्तिक । हिन्दुहरुको दोस्रो महान् पर्व तथा बत्तीहरुको पर्वका रुपमा मनाइने तिहार नजिकिदै गर्दा  नेपाली विद्युतीय बजारमा झिलिमिली बतीको व्यापार बढ्ेको छ । तिहारलाई लक्षित गरि नेपालमा वर्षेनी करोडौको झिलिमिली बत्तीको आयात हुने गरेको छ । स्वदेशमा नै उत्पादन हुने अवस्था नहँुदा नेपालमा चीन र भारत बाट झिलिमिली बत्तीको आयात हुने गरेको छ ।  यो वर्ष चीनबाट करिव ९० प्रतिशत झिलिमिली बत्ती को आयात भएको छ भने भारतबाट १० प्रतिशत झिलिमिली बत्तीको आयात भएको छ । 

तिहारलाई लक्षित गर्दै नेपाल भित्रिएका झिलिमिली बत्तीहरु भारतबाट भन्दा चीन बाट बढी हुने गरेको नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष तेजनारायण खरेलले बताए । उनका अनुसार झिलिमिली बत्तीहरुको उत्पादन भारतमा कम हुने हुँदा भारतबाट ल्याइएका झिलिमिली बत्ती महंगो पर्ने हुँदा चीनबाट बढी आयात हुने गरेको बताए ।

नेपालमा तिहारका लागि झालर बत्ती, डिस्को लाईट दियो देवीदेवताका विद्युतीय मूर्ति, देविदेवताका विद्युतीय फोटो फ्रेम, दियो लाईट, पाइप लाइट लगायतका झिलिमिली बत्तीहरुको आयात हुने गरेको उनले जानकारी दिए । उनले भने तिहारका लागि विशेष गरी ६० देखि ५०० लिड भएका झालर 
बत्तीहरुको बिक्रि बढी हुने गरेको छ । बजारमा प्रतिगोटा   ५० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म पर्ने झालर बत्ती पाइने  र यसमध्ये ५० देखि दुई सय रुपैयाँ प्रतिगोटासम्म पर्ने झालर बत्तीको व्यापार बढी हुने गरेको  उनले बताए ।   


गत वर्षको तुलनामा यस वर्ष झिलिमिली बत्तीको व्यापार घटेको भनिए पनि गत वर्ष र यस वर्ष झिलिमिली बत्तीको आयातको अवस्था उस्तै रहेको छ । अध्यक्ष खरेलको भनाई अनुसार यस वर्ष ६०  करोड बराबरको झिलिमिली बत्तीको आयात भएको बताए  । 

वास्तविक विद्युतीय व्यवसायी समस्यामा

 तिहारको समयमा अत्याधिक बिक्रि हुने झिलिमिली बत्तीहरुको व्यापार असाधारण रुपमा बिक्रि वितरण हुने हुँदा वास्तविक विद्युतीय व्यवसायी मारमा पर्ने गरेका छन् । फुटपाथ तथा किनारा पसलमा समेत झिलिमिली बत्तीहरुको व्यापार हुने हुदा वास्तविक विद्युत व्यवसायी समस्यामा परेका छन् । अध्यक्ष खरेलका अनुसार महासंघ मार्फत वास्तविक विद्युत व्यवसायीहरुले मात्र विद्युतीय सामग्रीहरुको बिक्रि वितरण गर्न पाउनु पर्ने विषयमा सम्बन्धित निकायलाई घचघच्याउँदै आएता पनि उनीहरुको बेवास्ताका कारण व्यवसायीहरु समस्यामा परेको बताए । यसका लागि निरन्तर महासंघ लागि परिरको समेत बताए ।  

प्रतिक्रिया