भर्खरै

तिहारमा कार्यालय नछाड्न प्राधिकरणको निर्देशन

  • प्रकाशित मिति : Mon-05-Nov-2018
  • - Admin
title

काठमाडौँ, १९ कात्तिक ।  तिहारमा कुनै पनि घरमा अँध्यारो नहोस् भन्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले सो अवधिमा विद्युत् केन्द्रका कर्मचारीलाई कार्यालय नछाड्न निर्देशन दिएको छ । 
नेपालीको महत्वपूर्ण चाडको समयमा अन्य कर्मचारीलाई निमित्त दिइ विद्युत् उत्पादन केन्द्रका प्रमुख तथा जिम्मेवार पदाधिकारी र प्राविधिक कर्मचारी नबस्ने गरेको पाइएकाले कार्यालय नछाड्न आज निर्देशन दिइएको हो । राष्ट्रिय विद्युत् प्रणालीमा ठूला आयोजनाको महत्वपूर्ण भूमिका हुने भएकाले सबै विद्युत् उत्पादन केन्द्र प्रमुखले संवेदनशील भइ कार्यसम्पादन गर्न प्राधिकरणले निर्देशन जारी गरेको छ । 
सार्वजनिक बिदामा समेत आफ्नो विद्युत् केन्द्रको उत्पादन, सञ्चालन, सम्भारलगायतका हरेक गतिविधिमा उत्तिकै संवेदनशील र जवाफदेही रहनुपर्ने भएकाले कार्यालय नछाड्न भनिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले संवेदनशील केन्द्रका प्रमुख, प्राविधिक कर्मचारीले तोकिएको कार्यालय तथा केन्द्र छाड्नै परे अनुमति लिएर मात्रै छाड्न, आवश्यक परेको खण्डमा उपलब्ध हुने गरी समय व्यवस्थित गर्नसमेत प्राधिकरणले निर्देशन दिएको छ । 
प्राधिकरणले तिहारलाई लक्षित गरी वितरण केन्द्र, ग्रीड विभागका कर्मचारीलाई २४ सै घण्टा खट्ने गरी परिचालन गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभरका ११० वटै वितरण केन्द्रलाई विद्युत् सेवा पुगेका कुनै पनि घरमा सेवा अवरुद्ध नहुने गरी व्यवस्थापन गर्न निर्देशन दिएको छ । प्राधिकरणले तिहारमा विद्युत्को अधिकतम माग एक हजार २७० मेगावाट हुने प्रक्षेपण गरेको छ । रासस 
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago