भर्खरै

अपर तामाकोशीको शेयर निष्कासन

  • प्रकाशित मिति : Thu-01-Nov-2018
  • - Admin
title

रुपा तुलाधर,
 काठमाण्डौ, कात्तिक । दोलखामा  निर्माणधिन ४ सय ५६ मेगावाट क्षमताको अपर तामाकोशी जलविद्युत आयोजनाको लागि शेयर निष्कासन भएको छ । दोलखा जिल्लाका बासिन्दाहरुका  लागि अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले  रु. १०० अंकित दरले १,०५,९०,०००  कित्ता शेयर निष्कासन  गरेको हो । 
जिल्लाका बसिन्दाहरुका लागि खरिद आह्वान गर्दा अति प्रभावित “क” वर्गका लागि कुल ५,०५० जना आवेदकहरुबाट  १३,८८,३०० कित्ता शेयरका लागि आवेदन प्राप्त भएकोमा आवेदकहरु मध्ये ३० देखि १०० कित्ता शेयर माग गर्ने आवेदकहरुलाई माग बमोजिम  शेयर प्रदान गरेको र ११० कित्ता देखि ३०० कित्ता शेयर माग गर्ने सम्पूर्ण आवेदकहरुलाई १०२ कित्ताका दरले जम्मा ५,१०,९५० शेयर निष्कासन गरिएको छ । 
आयोजना प्रभावित “ख” वर्गका कुल ८१,२४२ जना आवेदकहरु मर्फत १,२७,८१,२९० कित्ता शेयरका लागि आवेदन प्राप्त भएकोमा रित पूर्वक आवेदन दिने कुल ८१,२३७ जना आवेदकहरुका लागि ३० देखि ४० कित्ता शेयर माग गर्ने आवेदकहरुलाई  माग बमोजिम नै शेयर निष्कासन गरिएको र ५० देखि ३०० कित्ता शेयर माग गर्ने सम्पूर्ण आवेदकहरुलाई ४८ कित्ताका दरले जम्मा ३७,७७,५६८ कित्ता शेयर निष्कासन गरिएको छ । 
त्यस्तै दोलखा जिल्लाका अन्य बासिन्दाहरु “ग”  वर्ग बाट आएको कुल १,८९,९२३ जना आवेदकहरु मर्फत २,३५,४२,३७० कित्ता शेयरको लागि आवेदन प्राप्त  भई जम्मा २,७६,२१५ स्थानिय बासिन्दाहरुबाट ३,७७,११,९६० कित्ता शेयरको लागि आवेदन प्राप्त भएको मा रितपूर्वक आवेदन दिनेआवेदकहरु मध्ये ३० कित्ता शेयर माग गर्ने आवेदकहरुलाई माग बमोजिम,४० कित्ता शेयर माग गर्ने आवेदकहरुलाई  ३२ कित्ता र सो भन्दा माथि ५० कित्ता देखि ३०० कित्ता शेयर माग गर्ने आवेदकहरुलाई ३४ कित्ताका दरले जम्मा ६२,९९,८६६ शेयर निष्काशन गरिएको छ ।  
 आायोजनाको शेयर निष्काशन गर्दा क ः ख ः ग वर्गमा ३ ः १,४ ः १ को अनुपातमा गर्दा वितरण बाँकी रहेको १,५९८  शेयर कित्ता दोलखा जिल्लाका अति प्रभावित  “क”वर्गका ३०० कित्ता आवेदन दिने ४,१८६ जना आवेदकहरुलाई  गोला प्रथा बाट थप १ कित्ता शेयर बाँडफाड गरी १,०५,९०,०० निष्काशन गरिएको छ । 
नागरिक लगानी कोषको निष्काशन तथा बिक्री प्रवन्धकत्व तथा सनरनइज क्यापिटल लिमिटेडको सह निष्काशन तथा बिक्रि प्रवन्धकत्वमा शेयर निष्कासन गरिएको हो । शेयर निष्काशन  आज (१५ गते) देखि १९ गते सम्म  रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago