भर्खरै

विद्युतीय तारलाई भूमिगत बनाउन प्राधिकरणले पुनः ग¥यो टेन्डर आह्वान

  • प्रकाशित मिति : Wed-31-Oct-2018
  • - Admin
title

kaकाठमाडौँ ,कार्तिक  । नेपाल विद्युत प्राधिकरणले विद्युतीय तारलाई भूमिगत बनाउन प्राधिकरणले पुन ः टेन्डर आह्वान  गरेको छ । महाराजगन्ज र रत्नपार्क क्षेत्रको विद्युतीय तारलाई भूमिगत गर्ने र वितरण प्रणालीलाई स्वचालित बनाउनका लागि प्राधिकरणले गरेको पहिलो चरणको टेन्डरमा अनुमानभन्दा बढी रकमको प्रस्ताव परेपछि पुन ःटेन्डर गरेको हो ।  
१० महिनाअघि गरिएको टेन्डरमा अनुमानभन्दा बढी रकमको प्रस्ताव परेपछि एसियाली विकास बैंक (एडीबी) को खरिद प्रक्रियाको नियम अनुसार टेन्डर रद्द गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । 
प्राधिकरणका पावर ट्रान्समिसन एन्ड डिस्ट्रिब्युसन इफिसियन्सी इन्हान्समेन्ट आयोजनाका निर्देशक मनोज सिलवालका अनुसार पहिलो टेन्डर रद्द भएका कारण आयोजनामा ढिलाइ हुने भएको जानकारी दिदै अब पर्ने प्रस्तावको मूल्यांकन दु्रत गतिमा गरेर काम सुरु  गर्ने बताए । 

प्राधिकरणले भूमिगत रूपमा तार बिछयाउन शनिबार पुन ःबोलपत्र आह्वान गरेको हो । महाराजगन्ज र रत्नपार्क क्षेत्रलाई छुट्टाछुट्टै प्याकेज अन्तर्गत बोलपत्र आह्वान गरिएको छ । यसअघि आह्वान गरिएको बोलपत्रमा दुवै क्षेत्रका लागि काम गर्न ९–९ वटा कम्पनीले प्रस्ताव पेश गरेका थिए । 

महाराजगन्ज क्षेत्रमा भूमिगत तार बिछ्याउन परेका प्रस्तावमा ४ वटा कम्पनी मात्रै योग्य देखिएको र रत्नपार्क क्षेत्रमा काम गर्न ३ वटा कम्पनी मात्रै योग्य पाइएको निर्देशक सिलवालले बताए । यो आयोजनाका लागि एडीबीले १५ करोड डलर ऋण सहयोग गरेको छ । एडीबीको ऋण सहयोग भएकाले एडीबीको खरिद प्रक्रिया अपनाउनु पर्ने उनले जानकारी दिए । यो आयोजना अन्तर्गत महाराजगन्ज र रत्नपार्क क्षेत्रमा ११ देखि १३ मिटर चौडा सडक भएको स्थानमा तारहरूलाई भूमिगत गराउने र ३ सयदेखि ४ सय किलोमिटर तार भूमिगत गराउने योजना रहेको  थियो । 
सडक चौडा नभएका यो क्षेत्रमा तारलाई पोलमा नै राख्ने तर खुला नराख्ने योजना थियो । इन्टरनेट सेवा प्रदायक र केबल टेलिभिजन सेवा प्रदायकलाई भाडामा लगाउने गरी अप्टि कल फाइबर पनि भूमिगत रूपमा बिछ्याउने योजना रहेको सिलवालले जानकारी दिए । यस आयोजना अन्तर्गत तार भूमिगत गर्ने बाहेक ग्रिडको सुधार, वितरण प्रणालीको अटोमेसन, स्मार्ट मिटरको पनि योजना छ । यसअन्तर्गत उपत्यकाका विभिन्न स्थानमा सबस्टेशन निर्माण र स्मार्ट मिटरको काम अघि बढिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago