भर्खरै

छठ पर्व सम्म पेट्रोलियम पदार्थको मूल्यवृद्धि नहुने, मूल्य यथावत् रहँदा निगमलाई दुई अर्ब आठ करोड घाटा

  • प्रकाशित मिति : Wed-31-Oct-2018
  • - Admin
title

काठमाडौँ, कात्तिक । पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासको मूल्य तिहार र छठ पर्व सम्म मूल्यवृद्धि नहुने भएको छ । उपभोक्ताहरुको हितलाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चाडपर्वको अवसरमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन नेपाल आयल निगमलाई निर्देशन दिएको छ । मुख्य रुपमा मनाइने चाडपर्वको अवसर पारेर  पेट्रोलियम पदार्थको मूल्य बढ्दा जनता तथा उपभोक्ताहरुको जीवनस्तर कष्टकर बन्ने भएकोले मन्त्री यादवले तिहार र छठसम्म इन्धनको मूल्य नबढाउन निर्देशन दिएको हो । उद्योग मन्त्रालयका सहसचिव नवराज ढकालका अनुसार निगमलाई पेट्रोलियम पदार्थको कारोबारमा जति नै घाटा भएपनि छठ पर्व सम्म मूल्यवृद्धि नगरी उपभोक्ताहरुको हितलाई मध्यनजर गरेर सुलभ दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन आपूर्तिमन्त्रीले  निर्देशन दिएको उनले बताए । 

हाल निगमलाई पेट्रोल प्रतिलिटर रु. ११४ मा बिक्री भएतापनि प्रतिलिटर आठ रुपैयाँ ५० पैसा घाटा रहेको छ । त्यस्तै डिजेल रु. १०१ मा बिक्री गरेपनि नौ रुपैयाँ ३२ पैसा घाटा रहेको छ भने  खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु एक हजार ४०० बिक्रीमा ४०४ रुपैयाँ ७३ पैसा घाटा रहेको निगमले जनाएको छ । सीमावर्ती भारतीय बजारमा नेपालको भन्दा पेट्रोलको मूल्य प्रतिलिटर २१ रुपैया ८७ पैसा र डिजेलमा २४ रुपैयाँ २८ पैसा बढी रहेको निगमले जनाएको छ । अन्र्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले निगमले मूल्य समायोजन नगर्दा मासिक रु दुई अर्ब आठ करोड घाटा हुने निगमले जनाएको छ ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago