भर्खरै

प्राइम केबुलको नयाँ उपहार योजना 

  • प्रकाशित मिति : Wed-31-Oct-2018
  • - Admin
title

काठमाडौं,कात्तिक  । विगत लामो समय देखि गुणस्तरीय विद्युतीय केबुलहरुको उत्पादन गरी नेपाली बजारमा आफ्नो उच्च पहिचान बनाउन सफल प्राइम केबल इण्डष्ट्रिज प्रा.लि ले आफ्ना FLAMEGARD FRLS-H केबुल तार बिक्रि गर्ने इलेक्ट्रिसियन,व्यवसायी तथा डिलरका लागि आर्कषक उपहार स्कीम योजनाहरू ल्याएको छ । यस प्राइम केबुल इण्डष्ट्रिज प्रा.लि ले नेपालमा पहिलो पटक हेलोजिन फ्री भएको तार नेपाली बजारमा ल्याएको छ । कम्पनीले प्राइम केबुलबाट उत्पादन हुने प्रोड्क्ट प्राइमा FLAMEGARD   को FRLS-H केबुल तार बिक्रि गर्ने बिक्रेता र इलेक्ट्रिसियनलाई कम्पनीले आर्कषक स्कीम उपहारहरुको योजना ल्याएको कम्पनीले जनाएको छ  । 

व्यवसायी तथा डिलरका लागि उपहार योजना

यस उपहार योजना अन्र्तगत प्राइमाको FRLS-H केबुल तार ५ लाख मूल्य बराबर केबुल बिक्रि गर्ने बिक्रेताले एक सय ५० ग्राम चाँदीको सिक्का,१० लाखको केबुल तार बिक्रेतालाई ३ सय ग्राम चाँदीको सिक्का, २५ लाख वा सो भन्दा माथि बिक्रि गर्ने बिक्रेताले १० ग्राम सुनको सिक्का, ५० लाख वा सो भन्दा माथि बिक्रि गर्नेले चार दिन पाँच रात दुबई भ्रमण, १ करोड वा सो भन्दा माथिको बिक्रि गर्नेले १० ग्राम सुनको सिक्का साथै एक जोडीको लागि दुबई भ्रमण र एक करोड ५० लाख वा सो भन्दा माथि बिक्रि गर्ने बिक्रेताहरुले एक जोडीको लागि सात रात आठ दिन युरोपका तीन वटा देश भ्रमण गर्न पाउने जस्ता आर्कषक स्कीमहरु कम्पनीले ल्याएको छ । 

कम्पनीको यो योजना अन्र्तगत निम्न सर्तहरू पुरा गर्नुपर्ने छ ।

१.यो योजना  FLAMEGARD FRLS-H केबलको लागि लागु हुनेछ । 
२. डिलरले सम्पूर्ण बक्यौता रकम आर्थिक वर्ष भित्र नै चुक्ता गरि सक्नुपर्ने छ ।
३. यो योजना बक्यौता रकम चुक्ता गर्ने डिलरहरूलाई मात्र लागु हुनेछ ।  
४.  यो योजना २०७५ असोज १ देखि २०७६ असार मसान्त सम्म मात्र लागु हुनेछ ।


 इलेक्ट्रिसियनहरुका लागि उपहार योजना त्यस्तै कम्पनीले इलेक्ट्रिसियनहरुको हितका लागि नगद उपहारका साथ साथै अन्य उपहारहरुको समेत व्यवस्था गरिएको छ । नगद उपहार बाहेक अन्य उपहारहरुमा वायर स्टीपर,लाइन टेष्टर,स्क्रु ड्राइभर सेट,प्लायर,टुल व्याग, ड्रिल मेसिन,पाँच ग्राम चाँदीको सिक्का र हिरो साइकल लगायत विभिन्न उपहारहरुको व्यवस्था रहेको छ । कम्पनीको केबुल तारहरुमा उपहार नपरेका कुपनहरु जम्मा गरेर पनि उपहार प्राप्त गर्न सकिने छ । पाँच सय थान  कुपनमा दुई रात दुई दिन पोखरा भ्रमण दुई जनालाई,एक हजार थान कुपनमा पाँच सय ग्राम चाँदी र दुई हजार थान कुपनमा एक जनाको लागि ३ रात ४ दिन थाइल्याण्ड भ्रमणको व्यवस्था समेत गरिएको कम्पनीले जनाएको छ । 

  • प्रदिप श्रेष्ठ

प्रतिक्रिया