भर्खरै

बूढीगण्डकी प्रभावित क्षेत्रमा निर्माण हुने  सडकको ठेक्का प्रक्रिया आगामी पुस देखि हुँदै

  • प्रकाशित मिति : Wed-31-Oct-2018
  • - Admin
title

गोरखा, कात्तिक । १२ सय मेगावाट क्षमताको  बुढीगण्डकी जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा निर्माण हुने सडकको ठेक्का प्रक्रिया आगामी पुस देखि हुने भएको छ । मुअब्जा वितरण ,पुर्नवास तथा पुनःस्थापना एकाइका प्रमुख कृष्णबहादुर कार्कीले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको  भए पनि केही प्रक्रिया मिलाउन बाँकी रहेकाले आउँदो पुसदेखि ठेक्का प्रक्रिया शुरु हुने बताएका हुन् । 

उनका अनुसार प्रभावित क्षेत्र गोरखातर्फ घ्याल्चोकको सिउरेनीटारबाट बोर्लाङको महादेवटार सम्मको १०० किलोमिटर सडकको ठेक्का प्रक्रिया सुरु हुने जानकारी दिए । त्यस्तै धादिङतर्फ पनि चालु आवमा १०० किलोमिटर सडकको ट्रयाक खोल्ने तयारी  भइरहेको  प्रमुख कार्कीले बताए ।  गोरखा तर्फ ६० र धादिङ तर्फ २५ किमी सडकको डिपिआर बनाउन बाँकी  रहेको जानकारी दिदैँ उनले सडक निर्माणका लागि यो आर्थिक वर्ष सरकारले रु. १२ करोड छुट्याएको बताए  । दुवै जिल्लामा रु. ६\६ करोड खर्चेर ट्रयाक निर्माण अघि बढाउन लागिएको पनि उनले जानकारी दिए । गोरखा र धादिङको सीमानामा निर्माण हुन लागेको राष्ट्रिय गौरवको उक्त  आयोजनाको जलाशय करीब ५४ किमी फराकिलो हुनेछ । आयोजनाले चक्रपथ वरपर ३०० किलोमटिर रिङरोड बनाउने गरी डिपिआर तयार पारेको छ । 

प्रतिक्रिया