भर्खरै

तनहुँ जलविद्युत आयोजनाको थप जग्गाको मुआब्जा वितरण

  • प्रकाशित मिति : Wed-10-Oct-2018
  • - Admin
title

  दमौली,  असोज । तनहुँ जिल्लामा निर्माण हुन लागेको एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक थप जग्गाको लागि रु एक करोड ६३ लाख मुआब्जा वितरण गरिएको छ । 

आयोजना प्रभावित व्यास नगरपालिका–५ वेतेनीको ५० रोपनी जग्गाको मुआब्जा वितरण गरिएको आयोजनाका इञ्चार्ज इञ्जिनियर विदुर अधिकारीले जानकारी दिए ।  आयोजनाले क्षति पुर्याएको ६२ परिवारमध्ये १२ परिवारले मुआब्जा बुझेको छ । उक्त आयोजनाले ५० रोपनी जग्गा अधिग्रहणका लागि रु सात करोड ७३ लाख विनियोजन गरेको इन्जिनियर अधिकारीको भनाई छ । 
आयोजजनाले प्रभाव पार्ने जग्गाको प्रकृति तथा किसिम हेरेर मूल्य निर्धारण गरिएको आयोजनाले जनाएको छ । जग्गा अधिग्रहण गर्न प्रतिरोपनी रु.नौ लाखदेखि रु २० लाखसम्म मूल्य निर्धारण गरिएको छ । 

पहिरोमा परेको जग्गाका लागि प्रतिरोपनी रु २ लाख ४० हजार निर्धारण गरिएको छ । नदी फर्काउन, बाँध लगायतको पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग रु २० अर्ब ६४ करोड ५२ लाखमा सम्झौता भएको छ भने आयोजनाको सुरुङ, विद्युतगृह निर्माणलगायतको दोस्रो प्याकेजका लागि चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशन लिमिटेडसँग रु ३ अर्ब ८३ करोड १४ लाखमा सम्झौता भएको छ । दुवै प्याकेजको निर्माण दुई महिनापछि शुरु गर्ने र सम्पूर्ण निर्माण डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य रहेको सो आयोजनाले जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 4 hours ago

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ, १५ चैत । प्रतिकूल मौसमका का 4 hours ago