ग्यास चुहिएर आगलागी

  • प्रकाशित मिति : Tue-09-Oct-2018
  • - Admin
title

चितवन, २३ असोज ।  भरतपुर महानगरपालिका–१० अस्पताल रोडस्थित दुर्गामणि गौतमको घरमा गए राति   ग्यास चुहिएर आगलागी भएको छ ।  आगलागीबाट होटल, दूध डेरी र किराना पसलमा क्षति पुगेको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका र कावासोती नगरपालिकाको दमकल, प्रहरी, सेना, सशस्त्र प्रहरी, स्थानीयवासीले आगो निभाएका थिए । प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार छाहारी होटल, पौडेल दूध डेरी र किराना पसल पूर्ण रुपमा क्षति भएको छ । 

प्रतिक्रिया