भर्खरै

पाँच वर्ष भित्र विद्युतको पहुँच पुर्याउन सबैको सहकार्य आवश्यक छ:उपनिर्देशक न्यौपाने

  • प्रकाशित मिति : Fri-05-Oct-2018
  • - Admin
title

विद्युत संसार संवाददाता

काठमाण्डौ, असोज ।  पाँच वर्ष भित्र विद्युतको पहुँच पुर्याउन सबैको सहकार्य आवश्यक  रहेको प्राधिकरणका उप कार्यकारी निर्देशक हरराज न्यौपानेले बताए । उनले नेपालभर विद्युतको पहुँच पुर्याउन समुदाय , प्राधिकरण र स्थानिय सरकार संगै जानु पर्ने  बताएका छन् । 
सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको आयोजनामा सामुदायिक विद्युतीकरणका समस्या र नीतिगत सवाल विषयमा भएको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  
महासंघका अध्यक्ष नारायण ज्ञवालीले प्रस्तुत गर्नु भएको कार्यपत्रमा विशेष छलफल भएको थियो । कार्यक्रमले उर्जा मन्त्रालय र योजना आयोगले निर्माण गर्न लागेको १५ औ योजना वनाउन यो अन्तरक्रिया उपलव्धिमुलक भएको वक्ताहरुको भनाई रहेको थियो । कार्यक्रमको सहजिकरण महासंघका संस्थापक अध्यक्ष डिल्ली घिमिरेले गरेका थिए  । महासंघका अध्यक्ष नारायण ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय योजना आयोग, उर्जा जलश्रोत तथा सिचाई मन्त्रालय, नेपाल विद्युत प्राधिकरण , प्रामिण प्रविधि केन्द्र , नेपाल ईनर्जी फाउन्डेसन, अजम्वरी विकास फाउन्डेसन, जि आई जेड , प्राक्टिकल एक्सन,,सामुदायिक संस्थाहरु, उर्जामा महिला सन्जाल र उर्जा विज्ञहरु लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया