भर्खरै

भाइरसले कसरी गर्छ कम्प्युटरमा आक्रमण ?

  • प्रकाशित मिति : Wed-03-Oct-2018
  • - Admin
title

 भाइरस एक प्रकारको प्रोगाम हो,जसले हाम्रो कम्प्युटरमा भएका फाइल तथा डाटा डिलिट,करप्ट वा एडिट गरिदिन्छ । भाइरसहरु इमेजको एटेचमेन्ट,अडियो—भिडियो फाइल तथा इन्टरनेटमार्फत कम्प्युटरमा आउँछ । यो प्राय प्रिडाउनलोड तथा ट्रायल सफ्टवेयरबाट आउँछ । सोही कारण इन्टरनेटबाट यस्तो सफ्टवेयर डाउनलोड गर्नु अघि सजग हुनुपर्छ । भाइरस प्रायः आफैं रन हुँदैन,जबसम्म हामीले त्यसलाई एक्जिट गदैनौं । भाइरस विभिन्न किसिमका छन् । 

म्याक्रो बिरु ः यसले वर्ड,एक्सल,पावर प्वाइन्ट र अरु डाटा फाइललाई असर गर्छ । 

मास्टर बुट रेकर्ड फाइल ः यो मेमोरी रेसिडेन्ट भाइरस हो,जसले आफुलाई एचडिडी ड्राइभको फाइल सेक्टरमा गएर स्टोर गर्छ । जसमा कम्प्युटरको पर्सन डिटेल ओएस लोड फाइलको इन्फर्मेसन  बसेको हुन्छ । यसलाई हटाउन एमबिआर एरिया क्लिन गर्नुपर्छ । 

फाइल भाइरस ः यसले प्राय ः प्रोग्राम फाइललाई असर गर्छ,जब यो मेमोरीमा प्रवेश गर्छ । मेमोरीमा युज भइरहेको सबै प्रोग्रामलाई यसले खराब बनाउँछ ।
 
बुट सेक्टर भाइरस ः यो पनि मेमोरी रेसिडेन्ट भाइरस हो । यो कम्प्युटर ओपन गर्ना साथ सुचारु हुन्छ । यसलाई हटाउन वाइप विधि प्रयोग गरिन्छ । 

मल्टिपर्टिट भाइरस ः यो बुट प्रोग्राम फाइल भाइरसको हाइब्रिड हो । यसले प्रोग्राम फाइललाई इन्फेक्टेड गर्छ । जब त्यो फाइल एक्जुक्युट हुन्छ,तब बुट रेकर्डलाई इन्फेक्ट गर्छ । कम्प्युटर अफ गरेर अन गर्दा यो मेमोरीमा लोड हुन्छ र अन्य प्रोग्राम फाइललाई असर गर्छ । 

पोलिमोर्फिक भाइरस ः यो त्यस्तो खालको भाइरस हो,जसले आफ्नो कोर्डलाई इन्क्राइप्ट गर्छ र छुट्टै फम्र्याट वा चेन्ज गर्छ । 
  
 

प्रतिक्रिया