पेट्रोलियम पदार्थको मूल्यवृद्धि
- प्रकाशित मिति : Thu-06-Sep-2018
- - Admin

काठमाडौँ, भदौ । नेपाल आयल निगमले बुधबार राति १२ बजे बाट पुनः पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । आयल निगमका अनुसार पेट्रोलमा रु.१, डिजेल र मट्टितेलमा रु.३ तथा ग्यासमा रु.२५ रुपैयाँ वृद्धि भएको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढाइएको छ । पछिल्लो नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १ सय १२, डिजेल प्रतिलिटर ९८ रुपैयाँमा बिक्रि वितरण हुनेछ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँले बढाएर १ हजार ४ सय रुपैयाँ कायम गरिएको छ। निगमको संचालक समितिको बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो ।