भर्खरै

नेपाल ग्याँसले ल्यायो आगलागीमा पनि नपड्कने कम्पोजिट सिलिण्डर

  • प्रकाशित मिति : Wed-22-Aug-2018
  • - Admin
title

काठमाण्डौ, भाद्र । नेपालको पहिलो ग्यास उद्योग नेपाल ग्यासले आगलागी हुँदा पनि नपड्कने सिलिन्डर (कम्पोजिट सिलिण्डर) बजारमा ल्याएको छ । उपभोक्ताको सुरक्षाको मध्यनजर गर्दै आइतबार होटल ¥याडिसनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादबबाट उद्योगले कम्पोजिट सिलण्डर सार्वजनिक गरेको छ । उद्योगले ल्याएको कम्पोजिट सिलिण्डर पारदर्शी भएकाले उपभोक्ताले ग्यासको लेभल सजिलै जाँच्न सक्छन् । कम्पनीका अनुसार अल्ट्राभ्वाइलेट किरणबाट सुरक्षित र इकोफ्रेण्डली मानिएको कम्पोजिट सिलिण्डर सबै मौसममा उपयुक्त छ । फाइबरले बनेकोले सिलिण्डर हलुको छ । उद्योगले दुई थरीका कम्पोजिट सिलिन्डर ल्याएको छ, जसमा पाँच किलोको र १४.२ किलोको रहेको छ । कम्पनीका अनुसार १४.२ किलो ग्यास वाहेक फाइबर सिलिण्डरको ९ हजार २ सय २५ रुपैयाँ र पाँच किलोको ६ हजार ९ सय ८५ रुपैयाँ पर्छ । यो सिलिण्डर मेरोकिराना डटकमबाट किन्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका कार्यकारी अधिकृत गुणचन्द्र विष्टले उपभोक्ताको सुरक्षा लाई ध्यान दिदै लागि कम्पोजिट सिलिन्डर बजारमा ल्याएको बताए । यस अघि कम्पनीले फलामे सिलिन्डर बिक्री गर्दै आएकोमा उक्त सिलिन्डर ग्यास चुहावट हुँदा पड्कन सक्ने उच्च जोखिम थियो । हाल कम्पनीले ल्याएको सिलिन्डर ग्यास चुहावट हुँदा वा आगलागी हुँदा पनि नपड्कने अधिकृत विष्टले जानकारी दिए । 
कम्पनीले ल्याएको सिलिन्डरमा ग्यास चुहावट हुँदा वा आलागी हुँदा त्यसमा भएको सबै ग्यास बलेर सकिने तर सिलिन्डर नपड्कने उनले बताए । कम्पनीले कम्पोजिट सिलिन्डर बजारमा ल्याए पनि पुरान फलामे सिलिन्डरको बिक्री वितरणलाई कायम राख्ने जनाएको छ । माग अनुसार कम्पोजिट सिलिन्डर बिक्री गरिने तथा पुराना सिलिन्डरलाई पनि निरन्तरता दिने अधिकृत विष्टले जनाकारी दिए ।
 

प्रतिक्रिया