‘भर पर्दो र गुणस्तरयुक्त विद्युत उपलव्ध गराउनेमा हाम्रो ध्यान केन्द्रित छ’
- प्रकाशित मिति : Wed-03-May-2017
- - उपकार्यकारी निर्देशक, गोपालबाबु भट्टराई वितरण तथा ग्राहक सेवा निर्देशनालय
काठमाण्डौ उपत्यका सहित देशका मूख्य सहरहरुमा अहिले लोडसेडिङ्ग अन्त्य भईसकेको छ भने देशका अन्या भूभागमा पनि लोडसेडिङ्ग अन्त्य हुने क्रम जारी रहेको छ । नेपाल सरकारको लोडसेडिङ्ग अन्त्य अभियान साकार पार्नका लागि विद्युत प्राधिकरणको मात्र भूमिका प्रमुख नभई प्राधिकरणको निर्देशनमा रहेर कार्य गर्ने निकायहरुको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ । विद्युत उपभोक्ता वा ग्राहकहरुका सुविधामा कार्य गर्दै आएका वितरण तथा ग्राहक सेवा निर्देशनालय को भूमिका, ग्राहकहरुको संख्या तथा ग्राहकहरुलाई दिदै आएको सेवाका सम्वन्धमा वितरण तथा ग्राहक सेवा निर्देशनालय उपकार्यकारी निर्देशक गोपाल बाबु भट्टराई सँग विद्युत संसार राष्ट्रिय साप्ताहिकका संवाददाता शिखर श्रेष्ठले गरेका कुराकानिको केही अंश ः
ग्राहक तथा वितरण शाखाको परिचय बताई दिनुहोस् न ।
वितरण तथा ग्राहक सेवा निर्देशनालय, नेपाल विद्युत प्राधिकरणको प्रमुख र ग्राकहसंग सिधा सम्पर्क हुने हुँदा यो महत्वपूर्ण निर्देशनालयका रुपमा रहेको छ । यस निर्देशनालय अन्र्तगत वितरण संरचना संचालन, मर्मत, नयां मिटर जडान, मिटर रिडिङ्ग, विलिङ्ग, आय संकलन, ग्रामीण विद्युतीकरण आदि कार्यहरु पर्दछन । ३३ के भि सम्मको वितरण संरचनाहरु यस निर्देशनालयको निम्मेवारी भित्र पर्दछन । हालयस निर्देशनालय अन्र्तगत ३१ लाख भन्दा बढी ग्राहकहरु रहेका छन । यस निर्देशनालय अन्तर्गत देश भरी ८ वटा क्षेत्रीय कार्यालय, १०३ वितरण केन्द्र र ५१६ नोलाइट कार्यालय मार्फत ग्राहकहरुलाई सेवा पुरयाउंदै आएको छ ।
काठमाण्डौ उपत्याकामा लोडसेडिङ्ग अन्त्य हुनु पुर्व र लोडसेडिङ्ग अन्त्य भई सकेपछि के कस्ता परिवर्तनहरु आएका छन् वा काम गर्न कत्तिको सहज भएको छ ?
काठमाण्डौ उपत्यकामा लोडसेडिङ्ग अन्त्य भई सकेपछि अहिले हामीलाई काम गर्नका लागि धेरै सहज भएको छ । लोडसेडिङ्गको अवस्थामा विद्युत आपूर्ती हुँदा इन्भर्टर लगायतका सवै लोड एकै समय आंउने हुंदा बढी लोडको कारणबाट ट्रान्सफरमर, एमसिसिबि आदि जल्ने धेरै समस्या भएको थियोे । विशेषगत बर्षको नाकाबन्दिको समयमा उपत्याकामा ग्राहकहरुले अन्यविकल्पको अभावमा खाना पकाउनको लागि विद्युत प्रयोग गर्दा विद्युतभार बढ्न गइ विद्युत संरचनामा अत्याधिक समस्या परेको थियो । त्यस बेला हामीलाई काम गर्नका लागि धेरै गाह्रो भएको थियो । अहिले लोडसेडिङ्ग अन्त्यभइ सकेपछि लोड एकै समयमा नआई विभिन्न समयमा आउने हुंदा वितरण संरचना ओभर लोड हुने स्थिति कम भएको छ । लोडसेडि·को अन्त्य संगै हामीले भर पर्दो र गुणस्तर युक्त विद्युत कसरी उपलव्ध गराउने तर्फ हाम्रो ध्यान केन्द्रित छ । यसको लागि नेपाल सरकारबाट थप आर्थिक स्रोत पनि उपलव्ध गराइएको हुंदा ग्रामीण विद्युतीकरण तथा प्रणली सुदृढिकरणका कार्यहरु भैरहेका छन । एसियाली विकास बैंकको सहयोगमा काठमाण्डौ उपत्यका वितरण संरचना सुदृढिकरण आयोजना पनि शुरु भएको छ
काठमाण्डौ उपत्याका भित्र अझै पनि काठका पोलहरु प्रयोग गरिएको र कतिपया स्थानहरुमा पोलहरु जीर्ण बन्दै गएको देखिन्छ नियसमा के भन्नुहुन्छ ?
काठमाण्डौ उपत्याकाभित्र त काठको पोलको समस्या त्यति छैन, तर धेरै जिल्लाहरुमा यसको ठूलो समस्या छ । यसको सुधारका लागि हामीले विविध खालका योजना बनाएका छौ ।
ग्राहकहरुले मिटर प्राप्त गर्नका लागि कस्ता कस्ता प्रावधानहरु पुरा गर्नु पर्दछ ?
अहिले ग्राहकहरुलाई मिटर प्राप्त गर्नका लागि सजिलो भएको छ । प्रक्रिया पुर्याएर निवेदन बुझाएको एक हप्ता भित्र ग्राहकहरुलाई मिटर प्रदान गर्दै आएका छौ । मिटर प्राप्त गर्नका लागि जग्गाको लालपुर्जा, नागरीकताको फोटो कपी, नक्सापास भएको प्रमाणको फोटो कपीको आवश्यकता पर्दछ ।
विद्युत चुहावट नियान्त्रणका लागि यस शाखाले कस्ता योजनाहरु ल्याएका छन् ?
विद्युत चुहावट खास गरी प्राविधिक र अप्राविधिक गरी दुई किसिमले हुने गर्दछ । प्राविधिक चुहावट भन्नाले प्राविधिक समस्याका कारण हुने चुहावट भन्ने बुझिन्छ भने अप्राविधिक विद्युत चुहावट भन्नाले हुकिङ्ग गर्ने, मिटर उल्टो घुमाएर विद्युत खपत युनिट कम गर्ने जस्ता प्रक्रियाबाट विद्युत चोरी गर्ने भन्ने बुझिन्छ । प्राविधिक कारणले हुने चुहावट नियान्त्रण गर्नका लागि अहिले हामीले कन्डक्टर, ट्रान्सफरमरको क्षमता बृद्धि, लोड ब्यालेन्स आदि कार्यहरु गरेका छौं । छोटो समय र कम लागतमा गर्न सकिने हुंदा अहिले हाम्रो मुख्य योजना भनेको अप्राविधिक रुपमा हुने विद्युत चुहावट नियान्त्रण गर्नु रहेको छ । र यसका लागि हामीले सुरक्षा निकायको सहयोग लिदै आएका छौ । अप्राविधिक रुपमाहुने चुहावट नियान्त्रण गर्न सके प्राविधिक रुपमा हुने चुहावट नियान्त्रण गर्नका लागि समय तथा लगानीको आवश्यकता पर्दछ ।
नेट मिटरीङ्ग भनेको के हो ? यसका बारेमा बताई दिनु होस्् न ।
हामीले घरमा प्रयोग गर्ने सोलार प्यनलबाट सौर्य उर्जा उपयोग गर्दै आएका छौ भने यदि हामीले सौय उर्जा उपयोग गर्न नपरेको खण्डमा वा बिशेषत दिउँसोको समयमा हामीले सौर्य उर्जा विद्युत प्राधिकरणलाई पठाउन सक्छौ । यसरी प्राधिकरणबाट लिएको र प्राधिकरणलाई पठाएको बीचको भिन्नतालाई मापन गर्ने प्रकृयालाई नेट मिटरीङ्ग भनिन्छ । राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्बन्धी अवधारणा पत्र र कार्ययोजना २०७२ माबुदा नं, ४८ देखि ५४ सम्म नेट मिटरीख सम्बन्धी व्याख्या गरिएको छ । नेट मिटरिङ्गका लागि द्यष्मष्चभअतष्यलब िमिटरको आवश्यकता पर्दछ । अहिले हामीले नेट मिटरिङ्ग गर्ने कार्य विधि तयार गरेका छांै । केहि दिन पश्चात यस सम्वन्धमा सुचना प्रकाशन गरी नेट मिटरिङ्ग प्रकृया अघि बढाउनेछौ ।
प्राधिकरणले अहिले उज्यालो नेपाल निर्माणका लागि कस्ता योजनाहरु ल्याएको छ ?
प्रचुर मात्रामा जलविद्युत उत्पादन क्षमता रहेको नेपालमा कतिपय विकट जिल्लाहरुमा अझै सम्म विद्युत पुगेको छैन भने विद्युत पुगेका ठाउँहरुमा पनि लोडसेडिङ्गको समस्या अझै सम्म पनि रहेको छ । देशभर लोडसेडिङ्ग अन्त्य गर्ने अभियान स्वरुप अहिले विभिन्न स्थानमा लोडसेडिङ्ग अन्त्य भई सकेको छ तर सबै ठाउँमा भने लोडसेडिङ्ग अन्त्य भएको छैन । लोडसेडि· अन्त्य गरी नेपाललाई उज्यालो तर्फ लैजानका लागि कम विद्युत खपत गर्ने इलेक्ट्रिक सामाग्रीहरु प्रयोग गर्न जनताहरुमा जनचेतना फैलाउने, ग्रामीण विद्युतीकरण गर्ने जस्ता कार्यहरु हामीले गर्दै आएका छौ । हामीले प्रयोग गर्ने विद्युतीय उपकरणहरु प्रयोग गर्दा कम विद्युत खपत गर्ने सामाग्रीहरु प्रयोग मात्रै गर्यो भने पनि विद्युत वचाउनका लागि सहयोग पुग्दछ । यसले लोडसेडिङ्ग अन्त्य अभियानमा सहयोग पुर्याउदछ ।
अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनुहुन्छ ?
धेरै वर्ष अघि देखि लोडसेडिङ्गको चपेटामा पर्दै आएको काठमाण्डौ उपत्याकामा केहि महिना देखि लोडसेडिङ्ग मुक्त भएको छ र देशका विभिन्न स्थानहरुमा पनि लोडसेडिङ्ग अन्त्य हुदै गएको छ । देशभर लोडसेडिङ्ग अन्त्य गर्ने नेविप्राको योजनालाई साकार गर्नका लागि कमविद्युत खपत गर्ने विद्युतीय सामाग्रीहरुको प्रयोग गर्न र विद्युत चुहावट कम गर्न सहयोग गरिदिन सबैलाई आग्रह गर्दछु ।