भर्खरै

‘अरुण तेस्रो निर्माण गर्नु पर्छ भन्ने अवधारणा ल्याउने नै एमाले हो’   

  • प्रकाशित मिति : Wed-12-Apr-2017
  • - माननिय पूर्व मन्त्रि केशव बडाल, ने.क.पा. एमाले
title

वि.स. २००५ साल आश्विन २५ गते काभ्रेपलान्चोक जिल्ला चुखा,सुर्यखर्क मा पिता उमाकान्त बडाल तथा माता हेमकुमारी बडाल को कोखमा जन्मनु भएका जनवादी राष्ट्रिय नेतृत्वको रुपमा  स्थापित केशव बडाल निडर,त्यागि, कर्मयोगि हक्कि स्वभाबका धनी,गन्तब्य देख्ने राजनेता हुनुहुन्छ । साथै माननिय बडाल सहकारी क्रान्तिका नायक समेत हुनुहुन्छ । वि.स २०३३ सालबाट औपचारीक रुपमा राजनीति यात्रा प्रारम्भ गर्नु भएका राष्ट्रिय सहकारी संघका  केन्द्रिय अध्यक्ष एवं नेकपा एमाले का  आमन्त्रित स्थायी कमिटी सदस्य, पूव उद्योग मन्त्रि,२०५१ उच्च स्तरीय भूमिसुधार आयोगको अध्यक्ष, अखिल नेपाल किसान संघ को पूव अध्यक्ष एवम माननिय सांसद केशव बडाल सँग हाल नेपालमा ऊर्जा क्षेत्रमा भई रहेको विकास, लोडसेडि∙ को अन्त्य का लागि पुर्याएको योगदान र अन्य विकासका विषयमा विद्युत संसारका प्रधान सम्पादक रामप्रसाद पौडेलले गरेको कुराकानिको केहि अंश ः

राजनीतिक यात्रा कहिले देखि सुरु गर्नु भयो ?

मैले राजनीतिक यात्रा अनौपचारीक रुपमा वि.स २०२३ सालको डि आईजी नारायण सिंह काण्ड विरुद्ध बाट सुरु गरेको हुँ । त्यस पश्चात सिक्किम विलय विरुद्ध आन्दोलन, किसानको हकहितका लागि चर्को व्याज विरुद्ध संर्घष, जुवातास विरुद्ध संर्घष, जाडरक्सि विरुद्ध संर्घष जस्ता पक्षहरुमा म सक्रिय भई  लागि पर्दै आएको छु ।  विशेषतः म किसानका हक अधिकारका पक्षमा कार्य गर्दै आएको व्यक्ति हँु । म औपचारीक रुपमा राजनीतिमा संलग्न भएको चाहिँ २०३३ साल बाट  हो । त्यस बेला म सर्वहारावादी क्रान्तिकारी संगठन नेपालको केन्द्रिय कमिटिको सदस्यका रुपमा रहेको थिए । 

ऊर्जा क्षेत्रलाई यहाँले कसरी हेर्नु भएको छ ?

अहिले समयमा ऊर्जा सम्पूर्ण क्षेत्रका लागि आवश्यकताको विषय हो । ऊर्जा विना अहिले कुनै पनि कार्य सम्भव हुन नसक्ने अवस्था छ । नेपालमा अहिले ऊर्जाको क्षेत्रले क्रमशः विकासको गति लिईरहेको छ । वर्तमान समयमा ऊर्जा विकास वातावरण मैत्रि हुनु आवश्यक रहेको छ । ऊर्जा क्षेत्रमा जलविद्युतको विकास मात्र नभएर वैकल्पिक ऊर्जाहरु जस्तैः हावा बाट उत्पादन हुने विद्युत , सौर्य ऊर्जा आदिलाई प्रर्वद्धन गर्नु आवश्यक रहेको छ । सौर्य ऊर्जाका बारेमा सबैले बुझ्न सकेको अवस्था रहेको छैन । सौर्य ऊर्जा वैकल्पिक ऊर्जा मध्ये भरपर्दो ऊर्जाको स्रोत हो । अनन्त ऊर्जाको स्रोत सौर्य ऊर्जा पहिलाको तुलनामा अहिले सस्तो र भरपर्दो माध्यमका रुपमा रहेको छ । त्यस्तै वायु ऊर्जा पनि ठाँउ विशेष उपयुक्त रहेको छ । नेपाल जलस्रोतमा दोस्रो धनी मुलुकका रुपमा विश्वमा परिचित रहेको छ । ८३ हजार मेगावट विद्युत उत्पादन क्षमता नेपालका विभिन्न नदिनालाहरुको रहेको छ । उत्पादन क्षमताका दृष्टिले तथा भौगोलिकताका दृष्टिले पनि नेपालका लागि जलविद्युत उपयुक्त रहेको छ । नेपालमा जलस्रोतका प्रसस्त स्रोतहरु रहेकाले हामीले वि.सं २०५२ को उच्चस्तरीय भूमिसुधार आयोग प्रतिवेदनमा  जलस्रोत विकासका सम्वन्धमा मूख्य रुपमा पाँच  प्रयोगलाई हामीले उल्लेख गरेका थियौँ । जसमा खानेपानी, सिञ्चाई, विद्युत, माछा पालन र पर्यटन लाई विशेष प्राथमिकता दिएका थियौँ यसबाट जलस्रोतको एकिकृत विकास हुनमा सहयोग पुर्याउने उद्धेश्यले हामीले उक्त प्रतिवेदन बुझाएका थियौ । 

अरुण तेस्रो जलविद्युत ल्याउन दिएन भन्ने आरोप एमालेलाई लाग्दै आएको छ नि यसमा के भन्नु हुन्छ ?

हामी अहिले सरकारको प्रतिपक्ष दलका रुपमा छौ । यसो भन्दैमा हामीले देशमा विकास नचाहेको भन्ने चाहि होईन । यो सरासर भ्रम फैलाउने कार्य मात्र हो । हामीले अरुण तेस्रो जलविद्युत आयोजना निमार्ण गर्न नचाहेको, जनतालाई हामीले अन्धारमा राख्ने कार्य गर्न खोजेको भन्नु नितान्त गलत रहेको छ । अरुण तेस्रो जलविद्युत निर्माण गर्नु पर्छ भन्ने अवधारणा ल्याउने नै एमाले हो । हामीे अरुण तेस्रो जलविद्युत निर्माण विरुद्ध गएका होइनौ केवल हामी अरुण तेस्रो जलविद्युत निर्माणका क्रममा राखिएका सर्तका बारेमा सचेत गराएका हौ । अरुण तेस्रो जलविद्युत आयोजना निर्माणका लागि १० मेगावट भन्दा ठूला आयोजना निर्माण गर्नु परेमा विश्व बैँकको अनुमति लिनु पर्ने, विद्युत महसुल प्रतियुनिट ११ रुपैँया बनाउने, विद्युत प्राधिकरणका मूलमुल ठाउँका मानिसहरुको सरुवा बढुवा गर्दा विश्व  बैँकको अनुमति लिनुपर्ने जस्ता असामान्य सर्तहरुको हामीले विरोध गरेका हौँ । अरुण तेस्रो जलविद्युत आयोजना निर्माणको विरोध हामीले गरेका होइनौ । हामीले देश विकास गर्ने हो विकासमा अवरोध पुर्याउने होइन । अरुण तेस्रो जलविद्युत निर्माणको विरोध गरेको भ्रम फैलाउनेहरु कि त्यो पूर्ण अज्ञानि हुन् कि त्यो पूर्वाग्रही भएर एमालेको विरोध गर्ने विरोधिहरु हुन् । हामीले केवल  असामान्य सर्तहरुको विरोध गरेका हौ ।  
 
तपाई को पार्टिले सरकार चलाउदा किन लोडसेडि∙ अन्त्य हुन सकेन ? 

एमाले नेतृत्वको सरकार  केपि ओली प्रधानमन्त्रि हुँदाको समयमा  नेपालमा दुई बर्ष भित्रमा लोडसेडिङ्ग अन्त्य गर्ने घोषणा गर्नुभएको  थियो । सोहि कार्य योजना अनुसारको प्रतिफल अहिले लोडसेडिङ्ग अन्त्यको परिणाम हो । हामीले हाम्रो नेतृत्व हँुदा कार्य नगरेको भए प्रतिफल आउन सक्दैन थियो । प्रतिफल भन्ने कुरा पहिला कार्य नगरि आउदैन । हामीले विद्युत क्षेत्रमा लोडसेडिङ्ग अन्त्य गर्ने कार्य तथा रणनीति अपनाएका थियौ र सोहि अनुरुप अहिलेको लोडसेडिङ्ग अन्त्यको परिणाम हो । यसमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले  सहयोग पुर्याउनु भएको छ । उहाँले गर्नुभएको कार्य प्रशंसनिय रहेको छ । कार्य योजनालाई बढावा दिई कार्य योजना अनुरुप को कार्यले आज उपत्याका लगायत विभिन्न स्थानमा लोडसेडिङ्ग हुदै गइरहेकोे छ । हाम्रो पार्टी सरकारमा हुदा लोडसेडिङ्ग अन्त्यको लागि कुनै कार्य गरेन भन्नु केवल मूर्खता मात्र हो ।

बर्तमान स्थानीय निर्वाचन सम्पन्न भए पश्चात यहाँको पार्टी कस्ता विकाश का योजना ल्याउदै छ ?

देश विकासको समग्र पक्षलाई समेट्दै कार्य गर्नु हाम्रो मूख्य उद्धेश्य हो । हामीले देशलाई समृद्धि तर्फ लैजानका लागि  विभिन्न कार्यहरु गर्दै आएका छौ । देशमा ऊर्जाको विकास, सडक बाटोको विकास, आर्थिक विकास, औद्योगिक विकास, मानव विकास जस्ता सम्पूर्ण विकासका क्षेत्रमा निरन्तर कार्य गर्दै आएको छ । र स्थानीय र्निवाचन सम्पन्न भए पश्चात पनि विकास हुने भनेको यिनै क्षेत्रमा हो र यिनै क्षेत्रलाई आधार बनाएर काम गर्ने हो तसर्थ हामी देश लाई समृद्धि तर्फ लैजानका लागि निरन्तर प्रयात्नरत रहने छौ । 
 
केपी ओली प्रधानमन्त्रि रहदा हावा बाट विजुली निकाल्ने भन्नुभएको थियो । यसका लागि के के कार्यहरु भएका थिए ?

छिमेकी ले असहज बनाउदा  पनि साहासी नेता केंपी.ओलीले मुलुकलाई गति दिनु भयो । छिमेकी मुलुक भारत  संग  बिशाखा पटनम बन्दरगाहा सम्झौता गरेर भुपरिबेष्ठित मुलुकको अधिकार स्थापित गर्नुभएको थियो । त्यतिबेला मधेश(बिरगञ्ज)मा भव्य दिपावली समेत भएको थियो ।  केपी ओली प्रधानमन्त्री हुँदा हावा बाट विजुली निकाल्ने मात्र होईन फोहोर बाट  ग्याँस उत्पादन गर्ने तथा नेपालमा नै पेट्रोलीयम पदार्थ निकाल्ने भन्ने योजनाहरु पनि रहेका थिए । नेपालको १७ ठाउँमा पेट्रोलियम पदार्थको सम्भावनाको अध्यन गरिएको थियो । हावा बाट विजुली उत्पादन गर्न त्यति सहज छैन । जुनसुकै ठाउँमा हावाबाट विजुली उत्पादन गर्न सकिदैन । बढि मात्रामा हावा चल्ने ठाउँहरुबाट विजुली उत्पादन गर्न सकिन्छ । यसका लागि विभिन्न अनुसन्धान मुलक कार्यहरु भई रहेको छ । नेपालको मुस्ताङ जिल्लाका विभिन्न ठाँउहरुमा तथा काभे्रकै कानपुर मा पनि हावा बाट विजुली निकाल्न सकिने सम्भावनाहरु रहेको छ । नेपालको अहिलेको चलिरहेको आर्थिक बर्षको तथ्याङकहेर्ने हो भने ८ महिना मा नै नेपाललाई ८ अर्व भन्दा बढि व्यापार घाटा लागेको छ । नेपालमा सबै भन्दा बढी  आयत  हुनेमा विद्युत आयत पहिलो स्थानमा रहेको छ । हाम्रो देशमा ऊर्जाको प्रशस्त सम्भावना रहे पनि सवै भन्दा बढी मूल्य खर्च विद्युत आयतमा नै हुने गरेको छ  । खाना पकाउन देखि लिएर ठूला उद्योग धन्दा सञ्चालनका लागि पनि ऊर्जा आवश्यक पर्ने भएकाले यसमा हामीले बढी मूल्य वाह्य मुलुकमा पठाउनु परेको छ । यदि ऊर्जा क्षेत्रमा विकास गर्ने हो भने हामीले बर्षेनी बाह्य मुलुकलाई तिर्नु पर्ने रकम बचत हुनका साथै व्यापार घाटा पनि कम हुन सहयोग पुग्दछ । तसर्थ अहिले नेपालको विकासका लागि सबै भन्दा महत्वपूर्ण क्षेत्र भनेको ऊर्जा, यतायत, सञ्चार, मानव क्षमताको विकास गर्नु रहेको छ । 

अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनुहुन्छ ?

नेपालमा अहिले पनि भोक, सोक, रोग, विभेद बाट ग्रसित समाज रहेको छ । यसका अन्त्यका लागि हामीले विभिन्न योजनाहरु बनाएका छौ । साथै वातावरणमैत्रि पृथ्वि निर्माणका लागि पनि हामीले कार्य गर्दै आईरहेका छौ र यस सम्वन्धमा कार्य गर्न जरुरी पनि रहेको छ । पृथ्विको संरक्षण भएन भने हाम्रो पनि संरक्षण हुन सक्दैन । नेपाल प्राकृतिक रुपमा निकै धनी रहेको छ । हामीले चाहेको खण्डमा नेपाललाई छिट्टैनै समृद्ध तर्फ उन्मुख गराउन सक्दछौ । हामीले दिगो विकासका अवधारणहरुलाई अबलम्वन गर्न जरुरी रहेको छ । देश विकासका लागि कुनै पनि योजना अगाडि बढ्दै छ भने त्यसमा कसैले पनि अवरोध पुर्याउनु हुदैन । यदि कसैका गुनासो,मागहरु सरकार समक्ष पुर्याउनु छ भने विकासमा कुनै बाधा नपुग्ने गरि लोकतान्त्रिक ढंगबाट आफ्ना मागहरु राख्नु पर्दछ । कुनै पनि कार्य गर्दा कुनै आग्रह वा कसैकको पूर्वाग्रहमा रहेर काम नगर्न सम्पूर्णलाई आग्रह गर्दछु । 

प्रतिक्रिया

सम्बन्धित समाचार