भर्खरै

‘आयात गरिएको विजुलीले नेपाल कसरी लोडसेडि∙ अन्त्य हुन सक्छ’

  • प्रकाशित मिति : Wed-05-Apr-2017
  • - चित्र बहादुर के.सी. पूर्व उप प्रधानमन्त्री 
title

बाग्लुङ गलकोटमा वि.स. १९९७ माघ २१ गते जन्मिनुभएका उप प्रधानमन्त्री चित्र बहादुर के.सी वि.स २०१४ सालबाट नै राजनीतिमा प्रवेश गर्नुभएको थियो । विद्यार्थी जीवनकाल देखि नै नेपाल कम्युनिस्ट पार्टिमा समावेश भई राजनीति यात्रा सुरु गर्नु भएको थियो । राजनीतिमा प्रवेश गरे सँगै पूर्व उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिवि निवारण मन्त्रालय समेत सम्हाली सक्नु भएको छ । विभिन्न आन्दोलनमा समावेश हुदै राजनीतिमा सक्रिया भूमिका निर्वाह गर्दै आउनुभएका माननिय पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर के.सी. सँग विद्युत संसार राष्ट्रिय साप्ताहिकका प्रधान सम्पादक राम प्रसाद पौडेलले लिनुभएको अन्र्तर्वाताको केहि अंश :


नेपालमा पूर्ण रुपमा लोडसेडि· अन्त्य गर्न के गर्नु पर्ला ?
 नेपाल जलस्रोतमा विश्वकै दोस्रो धनी मुलुकका रुपमा रहेको छ । नेपालमा जलविद्युत उत्पादन कार्य सुरु भएको करिव १सय ५ बर्ष भइसक्यो तर पनि खास उपलब्धि भने अझै आउन सकेको छैन । विद्युत क्षेत्रको प्रगति न्युन रुपमा हुनुको प्रमुख कारण भनेको विदेशी लगानीमा भर पर्नु नै हो । नेपाल  सरकार आफैले बनाउनु पर्ने जलविद्युत आयोजना विदेशी कम्पनीलाई सुम्पनुले नै जलविद्युतमा विकास कम भएको छ । देशको विकास हुन पहिलो त जलविद्युतको हुन जरुरी छ 
देशका सयौ नदिबाट हामी नेपालीले नै विद्युत उत्पादन गर्न सक्छ तर यसो नभई विदेशी कम्पनीलाई दिदा उनिहरुले आयोजना होल्ड गर्दा विद्युत उत्पादनमा कम भएको हो । 
हाल लोडसेडिङ अन्त्य अभियान नेपालकै क्षमताले भएको होकी वाह्य कारण छन् ?
लोडसेडि· अन्त्यले सबै क्षेत्रलाई फाइदा पुगेकै छ । तर यो समस्याको समाधान भने म देख्दिन जबसम्म नेपालीको लगानीमा नै ठूला जलविद्युत आयोजना निमार्ण हुदैनन् तवसम्म लोडसेडि· अन्त्य भयो भनेर खुसी हुनुपर्ने कुनै ठाउँ छैन् । हाल भइरहेको भारतबाट विजुली आयात गरी लोडसेडि· अन्त्य गर्ने काम भएको छ यसले देशलाई अझ 
परनिर्भरता तिर लादै छ यो दिर्घकालिन हुन सक्दैन् । 


‘नेपालको पानी जनताको लगानी ’ कार्यक्रममा यहा“लाई कस्तो लाग्छ ?
“नेपालको पानी जनताको लगानी” नारा आफैमा सहि विषय हो । नेपालका खोला नदिबाट नेपालीले नै विजुली उत्पादन गर्न सक्छन् तर नारा अनुसार व्यवहारमा पनि ल्याउन सक्नु पर्दछ विडम्बना यस्तो हुन सकिरहेको छैन् । 
भारतबाट जसरी विजुली आयात गरिएको छ यस विषयमा हजुरको धारण के हुन सक्छ । भारतबाट यसरी विजुली आयात हुनु भनेको देश परनिर्भरतामा धकलिनु हो भारतले आजसम्म तीन पटक नाकाबन्दी गरेको छ उसले जुनकुनै बेलापनी अड्च्न थाप्छ । नेपालमा आफ्नो अनुकुल विना सरकार बनेमा उसले कुनै पनि बेला नेपालमा आयात गरिएको विजुलीको स्वीच बन्द गराउन सक्छ यसले गर्दा नेपाल यसरी नै अगाडी बढ्ने हो भने जुनसुकै बेला अन्धकार हुन सक्छ यसैले लोडसेडि· अन्त्य भन्न सक्ने अवस्था छैन् । 
हजुरले ऊर्जाको क्षेत्रमा कस्तो योजना ल्याउन सक्नु हुने छ ?
देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता, ध्यानमा राखि हाम्रो आफ्नै लगानी बाट र नेपालीहरुको श्रमबाट विजुली निकाल्ने हो भने नेपालको चौतर्फी विकास हुनजान्छ यसले नेपाललाई आत्मनिर्भर बनाउन सहयोग गर्दछ ।

संघियता पछि नेपालको विद्युत क्षेत्रको अवस्था कस्तो हुन सक्ला ?
नेपाललाई संघियतामा लैजानको लागि नै प्रत्यत्न भइरहेको छ कसैले स्थानीयको निर्वाचन नै गर्न नदिन धेरै बखेडा झिकिरहे को छ । तर अहिले संघीयताका नाममा जनतालाई अधिकार दिनको लागि हो भनेका छन् । स्थानीय निकायलाई अधिकार संघीयता मार्फत नेपाली जनतालाई अधिकार दिन, नेपाली जनतालाई शक्तिशाली बनाउन भन्दा छुट्टै उद्देश्यले ल्याइएको हो । संघीयतामा मुलुक फसिसकेको छ यसबाट मुलुक बाहिर आउन धेरै कठिनाइ छ । नेपाल जस्तो सानो देशलाई संघीयता आवश्यक छैन् ।


के जनमत गरेमा जनताले संघीयतालाई हराइदिने छन् त ?
संघीयताकै कारण देश कमजोर हुदैगएको छ । संघीयताको नाममा नयाँ संविधानको कार्यान्वयन गर्न गाह्रो भएको छ स्थानीय चुनाव गर्न नदिन मधेश केन्द्रीत दलहरुले अनेक खालका बखेडा झिक्ने काम भइरहेको छ हामीले भनि रहेका छौ संघीयता नेपालको सन्दर्भमा कार्यान्वयन गर्न गाह्रो छ यो विदेशीलाई आवश्यक पर्ने खालको संरचना हो । 


अन्तमा के भन्न चाहानु हुन्छ ?
हाल देशले स्थानीय चुनावबाट २० बर्ष देखी नपाएको स्थानीय प्रतिनिधि चयन गर्र्दै छ यसले हामी नेपालीलाई नै सबल र सक्षम बनाउनमा सहयोग पुग्ने हुदा  सबै नेपालीहरु मिलेर स्थानीय चुनाव सफल पार्न  यस पत्रिका मार्फत आम जनतालाई आग्रह गर्न चाहान्छु । 

प्रतिक्रिया