विद्युतीय व्यवसायीहरुलाई गुणस्तरीय सामानहरु खरिद विक्रि गर्न प्रोत्साहन गर्नु प्रमुख उद्देश्य हो

  • प्रकाशित मिति : Wed-15-Feb-2017
  • - सन्दिप कसौधन अध्यक्ष, रुपन्देही विद्युतीय व्यवसायी संघ 
title

नेपालमा लोडसेडिङ अन्त्य अभियान संगै नेपाली विद्युतीय बजारमा विद्युतीय सामाग्रीहरुको व्यापारमा पनि वृद्धि भएको पाईन्छ नेपाली विद्युतीय बजार अन्तराष्ट्रिय मुलुकबाट आयत गरि चलिरहेको छ अयातीत सामाग्रीहरु कति सम्म गुणस्तर हुने गर्दछ र सामाग्री उपभोक्ता सम्म कसरी पुग्ने गरेको छ साथै नेपाली विद्युतीय बजारमा हुने समस्यामा रुपन्देही विद्युतीय व्यवसायी संघले कस्तो भुमिका खेल्ने गरेको छ त यही सन्दर्भमा नेपाल विद्युतीय व्यवसायी महासंघको केन्द्रिय सदस्य, लियो क्लव बुटवलको पुर्व अध्यक्ष, तथा रुपन्देही विद्युतीय व्यवसायी संघ अध्यक्ष सन्दिप कसौधन संग विद्युत संसार साप्ताहिकका सम्पादक भीमलाल श्रेष्ठले लिएको  अन्र्तर्वाता संक्षेपमाः

 
रुपन्देही विद्युतीय व्यवसायी संघको परिचय र यसको उद्देश्य बारेमा बताइदिनुहोस् न ? 
 वि.स २०६५ सालमा बुटवल विद्युतीय व्यवसायी संघको नाममा स्थापना भएको भएसंगै, संस्थापक व्यवसायीहरुको माग र आवश्यकतालाई ध्यान दिदै वि.स २०६७ सालमा जिल्ला प्रशासन कार्यालयमा रुपन्देही विद्युतीय व्यवसायी संघको नाममा विधिवत दर्ता भएको संस्था हो । 
रुपन्देही जिल्लाका ३ सय जना विद्युतीय व्यवसायीहरु आवद्ध रहेको रुपन्देही विद्युतीय व्यवसायी संघको ग्राहकहरु सामु गुणस्तिरीय सामान उपलव्ध गराउनु, विद्युतीय व्यवसायीहरुलाई गुणस्तरीय सामानहरु खरिद विक्रि गर्न प्रोत्साहन गर्नु प्रमुख उद्देश्य रहेको छ । विद्युतीय व्यवसायीहरुले व्यावसाय गर्दा आउने विभिन्न किसिमका समस्याहरु, सरकारका नीति नियमहरुका बारेमा जानकारी व्यवसायीहरुलाई दिनु पनि संघको मूख्य उद्देश्य रहेको छ । 


संघले कस्ता कार्यहरु गर्दै आउनु भएको छ ? बताइदिनुहोस् न ?
रुपन्देही विद्युतीय व्यवसायी संघले आफ्नो स्थापनाकाल देखि नै विद्युतीय व्यवसायीहरुका लागि र सामाजिमक क्षेत्रमा काम गर्दै आएको छ । रुपन्देही विद्युतीय व्यवसायी संघको वि.स २०७२ भदौ मा सम्पन्न भएको अधिवेशनले जिल्ला भरका व्यवसायीहरुको सुविधालाई ध्यानमा राख्दै गाउँ तथा नगर समितिको योजना ल्याएका थियौँ । सोहि योजना अनुरुप जिल्लाभर बुटवल उपमहानगरपालिका गाउँ नगर समिति, तिलोत्तमा गाउँ नगर समिति, सैनामैना सालझन्डि रुद्रपुर गाउँ नगर समिति, खैरेनी गाउँ नगर समिति, सौ ः फर्साटिकर गाउँ नगर समिति, शिद्धार्थ गाउँ नगर समिति गरि ६ ओटा गाउँ तथा नगर समितिको गठन गरिएको थियो । गाउँ तथा नगर समितिको गठन गरे पश्चात विद्युतीय व्यवसायीहरुलाई जिल्लामा हुने कार्यक्रमहरुको बारेमा जानकारी गराउन तथा विभिन्न स्थानहरुमा कार्यक्रम सञ्चालन गर्न, विभिन्न व्यावसायीहरुका समस्याहरुका बारेमा जानकारी लिनका लागि सहज भईरहेको छ । 
यस संघले सामाजिक कार्यहरु रक्तदान, अनाथ बालबालीकाहरुलाई सहयोग, बृद्धाश्रमहरुलाई सहयोग, विद्यालयलाई सहयोग र प्रकृतिक विपत्तिहरुका वेलामा सहयोग गर्दै आएको छ । गत २०७२ सालको भुकम्पमा पनि विकट ठाउँहरुमा ५ लाख भन्दा बढी आर्थिक सहयोग संघले गरेको थियो । यस संस्थाले आफ्नो वार्षिक कार्य योजना अनुरुप तालिम, सेमिनार, गोष्टी सञ्चालन गर्नुका साथै व्यावसायीहरु बीच सामिप्याता बढाउन तथा भेटघाट गर्न बनभोज कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ । यो वर्ष पुस १५ गते सम्पन्न गरियो ।
विराटनगरमा सम्पन्न प्रथम राष्टिय भेला तथा अन्तरक्रिय कार्यक्रममा रुपन्देही विद्युतीय व्यावसायी संघको भुमिका कस्तो रहेको थियो ?
गत माघ २१ देखि २३ गते सम्म विद्युतीय व्यवसायी महासंघको आयोजनामा विराटनगरमा सञ्चालन भएको प्रथम राष्टिय भेला तथा अन्तरक्रिय कार्यक्रममा १९ जिल्लाका विद्युतीय व्यवसायी संघहरुको सहभागिता रहेको थियो । यो राष्टिय भेला तथा अन्तरक्रिया कार्यक्रम ऐतिहासिक कार्यक्रमका रुपमा सम्पन्न भएको छ । कार्यक्रमा रुपन्देही विद्युतीय व्यावसायी संघको सक्रिय भुमिका रहेको थियो । मेरो विचारमा रुपन्देही संघको मात्र सक्रिय भुमिका नभई सम्पुर्ण संघहरुको उक्त कार्यक्रममा सक्रिया भुमिका रहेको थियो । यस भेला विशेषत व्यवसायीहरुले गुणस्तरीय सामाग्री खपत र विक्रि वितरण गर्नुपर्छ भन्नेमा विशेष जोड दिएको थियो । संस्थालाई कसरी टिकाउ राख्ने, कसरी अगाडी बढाउने भन्ने सम्वन्धमा, भ्याट बिलका सम्बन्धमा पनि विशेष छलफल भएको थियो । 
विराटनगरमा भएको राष्टिय भेलामा साझा धारणा प्रकाशन गरेका थियौँ । भेलाले ल्यावटेस्ट गरी गुणस्तरीय सामाग्रीहरु बजारमा ल्याउने व्यवसायीहरुलाई तालिम दिने जस्ता १२ बुदे घोषणा समेत जारी गरीएको थियो । भेलाले गरेको यो निर्णय निकै नै राम्रो रहेको छ । यस्ता योजनाहरु बनाउदै र कार्यान्वयन गर्दै जाने हो भने विद्युतीय व्यवसायी संघ तथा जिल्ला संघहरुको विस्तार हुनमा पनि सहयोग पुग्ने मेरो विश्वास रहेको छ । 


विद्युतीय व्यवसायी र इलेक्ट्रिसियनहरु बीच कस्तो सम्वन्ध रहन्छ ?
विद्युतीय व्यावसायी र इलेक्ट्रिसियनहरु बीच निकटको सम्वन्ध रहेको हुन्छ । जस्तो हाम्रो नङ्ग र मासुको सम्वन्ध प्रगाढ रहेको हुन्छ त्यस्तै सम्वन्ध इलेक्ट्रिसियनहरु र व्यवसायीहरुको बीच पनि रहेको हुन्छ । हाम्रो रुपन्देही जिल्लामा हेर्ने हो भने कतिपय विद्युतीय व्यवसायीहरु पनि इलेक्ट्रिसियन रहेको छन् । र कतिपय भने इलेक्ट्रिसियन पेशामा मात्र पनि आबद्ध रहेका छन् । यदि व्यावसायीहरुले गुणस्तरीय सामाग्रीहरु खपत गर्ने हो भने इेक्ट्रिसियन तथा उपभोक्ताहरुलाई पनि फाइदा पुग्दछ । इलेक्ट्रिकल कार्य भनेको जोखिम पूर्ण कार्य हो । हाल हामीले इलेक्ट्रिसियनहरुलाई लक्षित गरेर उनिहरुको सुरक्षाका  लागि दुर्घटना विमा सम्वन्धी योजना ल्याएका छौ । यो योजना कार्यन्वयनका लागि हामीले विभिन्न इन्सुरेन्स कम्पनी हरुसंग र्दुघटना विमाका सम्वन्धमा कुरा अगाडि बढाइ रहेका छौ । केहि महिना पश्चात रुपन्देही जिल्लाका इलेक्ट्रिसियनहरुको दुर्घटना विमा योजना पनि कार्यन्वयन हुने छ । 


नेपालमा लोडसेडिङ अन्त्य सम्भव छ ?
 लोडसेडिङ्ग अन्त्य हुनेमा कुनै सङका छैन । अघिल्ला वर्षहरुमा काठमाडौ बासिहरुले दिनको १३ घण्टा सम्म लोडसेडिङको मार खेपेका थिए तर अहिले काठमाण्डौ लोडसेडिङ अन्त्य भएको छ । सरकारले देशभर लोडसेडिङ अन्त्यको नीति लागु गरिसकेको छ । यो नीति अनुसार आम विद्युत उपभोक्तहरुले पनि कम विद्युत खपत गर्ने विद्युतीय सामाग्रीहरुको प्रयोग गर्ने हो भने विद्युतको बचत हुनुका साथै देशभर लोडसेडिङ अन्त्य हुने विषयमा विश्वस्त छु । 


लोडसेडिङ अन्त्यका लागि रुपन्देहि विद्युतीय व्यवसायी संघले कस्तो भुमिका निर्वाह गर्दै आएको छ ?
लोडसेडिङ अन्त्यका लागि हामीले जनतालाई जागरुक र सचेत गराउने योजना ल्याउने योजनामा छौ । उक्त योजना अनुरुप रेडियो, पत्रपत्रिका, टिभि लगाएत संचार माध्यमबाट विद्युत कम खपत गर्ने, विद्युत बचाउने जस्ता विषयहरुमा सुचना मुलक जानकारी प्रकाशन तथा प्रशारण गर्नुका साथै लोडसेडिङ अन्त्य सम्बन्धी भिडियोहरु पनि प्रासारण गर्ने योजनामा छौ । हाम्रो यस कार्यले लोडसेडिङ्ग अन्त्य अभियनमा सहयोग पुग्नेमा आशावादी रहेका छौ । 


अन्त्यमा यस पत्रिका मार्फत के भन्न चाहनुहुन्छ ? 
अन्त्यमा सम्पुर्ण विद्युतीय व्यवसायीहरुलाई गुणस्तरीय सामान आयत तथा विक्रि वितरण गर्न र उपभोक्ताहरुलाई पनि गुणस्तरीय सामान मात्र उपभोग गर्न आग्रह गर्दर्छु । यदि हामीले गुणस्तरीय सामाग्री उपभोग ग¥यौ भने उपभोग गर्ने व्यक्तिलाई मात्र सहयोग नपुगी व्यावसायी, राज्य, प्राधिकरण सम्पुर्ण क्षेत्रमा चौतर्फी रुपमा सहयोग पुग्दछ । 

प्रतिक्रिया