भर्खरै

काठमाडौ विद्युतीय व्यवसायी संघमा पुरुषोत्तम नेपाल

  • प्रकाशित मिति : Mon-09-Jan-2017
  • - Admin
title

काठमाडौ विद्युतीय व्यवसायी संघको सातौ साधारण सभा एवं चौथो अधिवेशनले पुरुषोत्तम नेपालको अध्यक्षतामा र्निविरोध १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । 
विद्युतीय व्यावसायीहरुको पेशागत संघ काठमाडौ विद्युतीय व्यवसायी  संघको चौथो अधिवेशन २३ गते शनिवार बानेश्वर बैङक्वेट्स, थापागाँउ, नयाँ बानेश्वर, काठमाडौमा सम्पन्न भएको थियो अधिवेशनले अध्यक्षमा पुरुषोत्तम नेपाल, उपाध्यक्ष राजेन्द्र बैष्णब, सचिव प्रकाश जंग पन्त, कोषाध्यक्ष दिवेश कुमार जैन, कार्यकारी सदस्यहरु क्रमशः मुक्ति नाथ सापकोटा, प्रतिभा भण्डारी, बालकृष्ण भट्टराइ, विजय कुमार अग्रवाल, शोभा कान्त पाण्डे,  चिरञ्जीवी अर्याल, गोकुल तिमल्सीना,सरोज कुमार रेग्मी र हरि प्रसाद खरेल गरी १३ कार्यसमिति सदस्य र्निविरोध चयन भएको छ । 
चौथो अधिवेशनमा निर्वाचनको लागि हरिराज वाग्लेको संयोजकत्वमा मानव श्रेष्ठ र दिपक राज पौडेल निर्वाचन समिति तय भएको थियो । 
काठमाडौं जिल्लामा विद्युतीय सामानहरूको उत्पादन, विक्रि तथा सम्बन्धी व्यवसाय गर्दै आएका उद्यमी एवम् व्यापारी/व्यावसायीहरू बीच आपसी समन्वय र सहयोग स्थापना गरी व्यवसायीहरुको हक–हितको संरक्षणमा काठमाडौं विद्युतीय व्यवसायी संघ कार्यरत रहेदै आएको छ । 
काठमाडौ जिल्लामा विद्युतीय व्यवसाय गर्दै आएका व्यवसायीहरको यस संघमा ५०७ जाना सदस्य रहेको काठमाडौ विद्युतीय व्यवसायी संघले निकालेको प्रेस विज्ञाप्तीमा उल्लेख रहेको छ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 7 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 12 hours ago