भर्खरै

बिजुली आएपछि गाँउले खुसी

  • प्रकाशित मिति : Sun-08-Jan-2017
  • - Admin
title

जाजरकोट, २३ पुस । गर्खाकोट–९ मा करिब रु १६ लाखको लागतमा बिजुली उत्पादन गरी गाँउलाई उज्यालो बनाइएको छ । 
जिविस, सांसद विकास कोष, गाविस, यार्सन नेपाल र स्थानीयको श्रमदानबाट पाँच किलोवाट विद्युत् उत्पादन गरी गर्खाकोट–९ का ६१ घरधुरी झिलिमिली बनाइएको स्थानीय गोपाल गिरीले बताउनुभयो । अहिले २४ सै घन्टा विद्युत् आपूर्ति भएपछि स्थानीयवासी निकै खुसी भएको विद्युत् निर्माण उपभोक्ता समितिका उपाध्यक्ष हर्कबहादुर बुढाले बताउनुभयो । 

बिजुली बलेसँगै घरमा टिभी, रेडियोलगायत साधनहरु जोड्न लागिएको छ । विद्युत् सञ्चालन भएपछि स्थानीयले टेलिफोनको मागसमेत गरेका छन् । फोन गर्न अग्लो डाँडामा जानुपर्ने बाध्यता छिटो हटाउन उनीहरुले सो माग गरेका हुन् । रासस 

प्रतिक्रिया