भर्खरै

प्राकृतिक स्रोतको विकल्पमा नवीकरणीय ऊर्जा

  • प्रकाशित मिति : Fri-06-Jan-2017
  • - Admin
title

पोखरा,  पुस । प्राकृतिक स्रोत — पानी र वन पैदावारबाट उत्पादित ऊर्जाको विकल्पमा बायोग्यास जडान गरी नवीकरणीय ऊर्जालाई प्राथमिकतामा राख्नुपर्नेमा बिहीबार यहाँ आयोजित एक कार्यक्रममा जोड दिइएको छ । जनसङ्ख्या तथा वातावरण मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नवीकरणीय ऊर्जा विस्तार कार्यक्रमको आयोजना एवम् जिल्ला विकास समिति, कास्कीको व्यवस्थापनमा आयोजित व्यावसायिक बायोग्यास प्लान्ट विषयक एकदिने क्षेत्रीय अभिमुखीकरण गोष्ठीमा वक्ताले नवीकरणीय ऊर्जामा जोड दिएका हुन् । 

व्यावसायिक पशुपालन फार्मबाट उत्पादित दूधजन्य पदार्थ, मासु, अन्डा बिक्रीबाट मात्र भन्दा मलमूत्र र कुहिने फोहरबाट बायोग्यास एवम् कम्पोस्ट उत्पादन गरेर आत्मनिर्भर हुनुका साथै मल बिक्री गरेर मनग्य आम्दानी गर्न सकिने नवीकरणीय ऊर्जा प्रवद्र्धन केन्द्रका विकुल श्रेष्ठले बताउनुभयो । “बायोग्यास जडान गरेपछि ऊर्जामा आत्मनिर्भरता, इन्धन खर्चको बचत हुनुका साथै फोहर व्यवस्थापन, स्वस्थ जीवन र समयको बचत एवम् वातावरण तथा वन संरक्षणमा महत्वपूर्ण सहयोग पुग्छ,”– उहाँले भन्नुभयो । 

स्थानीय विकास अधिकारी बलराम ढकालले युएनडिपीको आर्थिक सहयोगमा नेपाल सरकारद्वारा सञ्चालित नवीकरणीय ऊर्जा कार्यक्रमबाट यस क्षेत्रका फार्म सञ्चालकले बढी फाइदा लिनुपर्ने बताउनुभयो । सामुदायिक वन उपभोक्ता महासङ्घ कास्कीका अध्यक्ष कालीदास सुवेदीले बायोग्यास निर्माणले कार्बन सञ्चितिमा सहयोग पुग्ने बताउँदै दाउराको प्रयोग घटाउँदा वनको संरक्षण र सम्वद्र्धन एवम् वातावरणीय सुधारमा सहयोग पुगेको धारणा राख्नुभयो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका अनुप ढकालले बढ्दो औद्योगिकीकरणसँगै ऊर्जाको आवश्यकता दिन प्रतिदिन बढिरहेको अवस्थामा नवीकरणीय ऊर्जा बहुउपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । गोष्ठीमा कास्की जिल्लाका पशु, कृषि एवम् तरकारी व्यवसाय फर्म दर्ता गरी सञ्चालन गर्दै आएका सञ्चालकको सहभागिता रहेको थियो । रासस 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago