भर्खरै

चौथो पुस्ताको मोबाइल सेवा ‘फोरजी’ सञ्चालनमा

  • प्रकाशित मिति : Mon-02-Jan-2017
  • - Admin
title

काठमाडौँ, १७ पुस । नेपाल टेलिकमले आजदेखि चौथो पुस्ताको मोबाइल सेवा फोरजी सञ्चालनमा ल्याएको छ । 

विगत १८ वर्षदेखि जिएसएम सेवा उपलब्ध गराउँदै आएको टेलिकमले जिएसएम प्रविधिमा भएको नवीनतम् उपलब्धिलाई अवलम्बन गर्दै ‘लङ टर्म इभोलुसन’ एलटिई सेवाका रूपमा फोरजी सेवा आजदेखि सञ्चालनमा ल्याएको हो । 

सेवाग्राहीको चाहना र आवश्यकतालाई प्राथमिकतामा राखी सञ्चार क्षेत्रमा विकसित प्रविधिलाई यथाशीघ्र अवलम्बन गर्ने प्रयास स्वरूप प्रारम्भिक चरणमा काठमाडौँ उपत्यकाका र पोखरामा यो सेवा सुरू गरिएको हो । फोरजी सेवाको माग र सेवाग्राहीबाट व्यक्त चाहना अनुरूप अन्य क्षेत्रमा समेत क्रमिक रूपमा विस्तार गर्ने टेलिकमको योजना रहेको छ । 

एलटिई प्रविधिमा आधारित चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा फोरजी हो । यो प्रविधिमार्फत उच्च गतिको इन्टरनेट प्राप्त हुने हुँदा उच्च गुणस्तरीय श्रव्य–दृश्य सामग्रीलगायत बढी ब्यान्डविथ आवश्यक हुने इन्टरनेट सामग्री सजिलै डाउनलोड तथा अपलोड गर्न सकिनेछ । 

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले यहाँ आज आयोजित कार्यक्रममा फोरजी सेवाको प्रारम्भ गर्दै अन्य देशको तुलनामा नेपाल अहिले पनि सूचना प्रविधिमा कमजोर रहेको अवस्थामा फोरजी सञ्चालनमा ल्याउनु आफैँमा सकारात्मक हो भन्नुभयो । 

सो अवसरमा उहाँले मन्त्रालयअन्तर्गत रहेको हुलाक सेवालाई गाउँगाउँमा सूचना दिने माध्यमका रूपमा विकास गर्ने तयारी भइरहेको समेत जानकारी दिनुभयो । ‘नेपालको आकाशमा नेपालको आफ्नै भूउपग्रह ९स्याटलाइट०, नेपालको धर्तीमा नेपाली झन्डा अभियान’अन्तर्गत सरकारले अन्तरीक्षमा नेपालको आफ्नै स्याटलाइट राख्ने तयारी गरिरहेको मन्त्री कार्कीको भनाइ छ । 

मन्त्रालयका सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरूङले सूचना र प्रविधिमा आएको परिवर्तनलाई अङ्गीकार गर्दै फोरजी सञ्चालनमा ल्याइएको बताउनुभयो । 

टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले फोरजी सेवा सञ्चालनपश्चात कम्पनीको बजार हिस्सा र राजस्वमा उल्लेख्य रुपमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । 

‘ह्याच ४४४ स्टार’ डायल गरी फोरजी सेवा चालु गर्न सकिने 

फोरजी सेवा प्रयोग गर्न आफ्नो मोबाइल फोनमा फोरजी चल्ने र सोही अनुरुपको सीम कार्ड हुनुपर्दछ । आफूले प्रयोग गरिरहेको सीमबाट फोरजी सेवा सुरु गर्न ‘ह्याच ४४४ स्टार’ डायल गरी प्राप्त निर्देशनअनुरूप सीम परीक्षण गर्न तथा फोरजी सेवा सूचारू गर्न सकिनेछ । हाललाई यो सेवा जिएसएम पोस्टपेड मोबाइलमा मात्र उपलब्ध हुनेछ । 

फोरजी सेवा काठमाडौँ उपत्यकामा दूरसञ्चार कार्यालयहरू – चाबहिल, हात्तीगौँडा, गोङ्गबु, सुन्धारा, छाउनी, बबरमहल, जावलाखेल, साझा भवन, ठिमी र भक्तपुर तथा पोखरामा दूरसञ्चार कार्यालय महेन्द्रपुलबाट नियमित प्रक्रियामार्फत फोरजी चल्ने सीम ९यू–सीम० प्राप्त गर्न सकिने टेलिकमका वायरलेस सेवाका निर्देशक अशोक थापाले जानकारी दिनुभयो । फोरजी सेवालाई थ्रीजी र टुजी सेवाको दरमा नै उपलब्ध गराइनेछ । 

सो अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झाले विश्वका अन्य मुलुकमा पहिले नै सञ्चालनमा ल्याइएको फोरजी सेवालाई नेपालले ढिलै भए पनि सञ्चालनमा ल्याउनु सकारात्मक भएको बताउनुभयो । रासस 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago