भर्खरै

भीमलाल श्रेष्ठको अध्यक्षतामा २१ सदस्य कार्यासमिति निरविरोध चयन

  • प्रकाशित मिति : Sun-01-Jan-2017
  • - Admin
title

शिखर श्रेष्ठ

नेपाल ईलेक्ट्रिसियन संघको शनिवार सम्पन्न छैठौ तथा सातौ वार्षिक साधारण सभा तथा चौथो महाधिवेशनले भीमलाल श्रेष्ठको अध्यक्षतामा २१ कार्यसमिति निरविरोध चयन भएको छ । 
महाधिवेशनले उपाध्यक्षमा राजेन्द्र तिवारी, महासचिव प्रकाश कुमार दाहाल, सचिव कान्छा श्रेष्ठ, कोषाध्यक्ष भगिरथ महतो, सह–कोषाध्यक्ष शिववाला निर्वतमान अध्यक्ष मुकेश के.सी लगायत २१ सदस्य कार्यसमिति चयन भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अथिति नेपाल विद्युत प्राधिकरणका अप कार्यकारी निर्देशक गोपाल बावु भट्टराईले प्राधिकरण सुधार गर्दा उपलब्ध स्रोत साधनले नै काठमाडौ उपत्यका लोडसेडिङ्ग अन्त्य भएको भन्दै यसरी नै अब देश भरी लोडसेडिङ्ग अन्त्य गर्ने कार्ययोजना रहेको उहाको भनाई रहेको थियो । ने.वि.प्रा.ले नेपाल ईलेक्ट्रिसियन संघलाई सहयोग गर्न तयार रहेको र सेफ्टी डे मनाउने कुरामा प्राधिकरणले जोड दिने समेत बताए उहाँले ईलेक्ट्रिसियनहरुलाई गुणस्तरीय सामाग्री प्रयोग गरी विद्युत चुहावटमा कमि ल्याउन समेत आग्रह गरे । 
त्यस्तौ सीनका अध्यक्ष एल.आर.तामाङ्गले कार्यक्रमलाई सम्वेधन गर्दै अब नेपाल सरकारले विद्यूत व्यवसायको हक हितको लागि छुट्टै विद्युत ऐन ल्यउनु पर्ने र यसको लागि नेपाल ईलेक्ट्रिसियन संघले माग गर्नु पर्नेमा जोड दिए । 
महाधिवेशनमा नेपाल विद्युत प्राधिकरणका नेपाल राष्ट्रिय कर्मचारी संगठन संयुक्तका ट्रेड्युनियनको अध्यक्ष खगेन्द्र शाही, नेपाल विद्युतीय व्यवसायी महासंघका प्रथम उपाध्यक्ष शुदर्शन  पौड्यल, नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्व अध्यक्ष एवम् नेपाल ईलेक्ट्रिसियन संघका सल्लाहाकार राम बावु श्रेष्ठ, काठमाडौ विद्युतीय व्यवसायी संघका शंकर देवकोटाले आ–आफ्नो धारण राखेका थिए । 
 कार्यक्रमलाई गोल्ड स्पन्सर जानकी केवल इन्ड्रस्टीज भएको थियो भने आफ्ना प्रोड्क्ट चिनाउनको निम्ती विभिन्न कम्पनीहरुले विद्युतीय सामाग्रीहरुको स्टल समेत रहेको थियो । 
संघमा एक हजार भदा माथि सदस्य भएपनि महाधिबेशनमा करिव ५०० ईलेक्ट्रिसियनहरुको सहभागित रहेको थियो । 
कार्यक्रमलाई अझ रोमान्चक बनाउनको निम्ती हरेक ईलेक्ट्रिसियनलाई उपहार वितरण समेत गरेको महासचिव प्रकाश कुमार दाहालले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago