भर्खरै

३३ करोड विद्युत महशुल उठाउन बाँकी

  • प्रकाशित मिति : Sun-20-Nov-2016
  • - Admin
title

 
अत्तरिया, मंसिर । नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले रु ३३ करोडभन्दा बढी विद्युत महसुल उठाउन बाँकी रहेको छ । गत आव २०७५÷७६ सम्मको मात्रै रु ३३ करोड सात लाख महसुल उठाउन बाँकी रहको प्रादेशिक कार्यालय अत्तरियाले जानकारी दिएको हो ।
प्रदेशमा सडक बत्ती वापत रु नौ करोड ४८ लाख २० हजार, गैरव्यापारिक रु एक करोड ६८ लाख २२ हजार, काला सूचीमा राखिएका ग्राहकबाट रु एक करोड ३८ लाख ४७ हजार र अन्य ग्राहकबाट रु २० करोड ५२ लाख १० हजार गरी रु ३३ करोड सात लाख महसुल उठाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ । 
अत्तरियाका प्रमुख शतीशकुमार कर्णका अनुसार उक्त बक्यौता रकम कार्यालय मातहतका ११ वटा वितरण केन्द्रको नाममा देखिएको  बताए । वितरण केन्द्रका नाममा ठूलो रकम बक्यौता देखिएपछि सम्बन्धित ग्राहकको लाइन काट्न केन्द्रका प्रमुखहरूलाई निर्देशन दिएको उनले बताए । महसुल नतिर्ने ग्राहकको लाइन काट्न केन्द्र प्रमुखहरूलाई निर्देशन दिईसकिएकाले बक्यौता रकम संकलन हुने अपेक्षा लिइएको उनले बताए ।

प्रतिक्रिया