भर्खरै

विद्युत् चोरी गर्ने ३३ जना पक्राउ

  • प्रकाशित मिति : Wed-21-Dec-2016
  • - Admin
title

वीरगन्ज
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र पर्साले गएराति जिल्लाको विभिन्न ठाउँमा छापा मारी विद्युत् चोरी गर्ने ३३ जनालाई पक्राउ गरेको छ । नेपाल विद्युत प्राधिकरणको चोरी नियन्त्रण गर्ने अभियान अन्तर्गत नै पक्राउ परेको जनाएको छ । 
जिल्लाको उदयपुर घुर्मी, कुमठी र जगन्नाथपुरमा विद्युत् चोरी गरी बत्ती बाल्ने ३३ जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय श्रीपुरमा पठाइएको प्राधिकरण प्रमुख चुटुनकुमार श्रीवास्तवले बताउनुभयो ।
प्राधिकरणका कर्मचारी तथा सुरक्षाकर्मीको संयुक्त टोलीले एउटा स्टेबिलाइजर पनि बरामद गरेको छ । पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा विद्युत् चुहावट रोक्न प्राधिकरणले कडाइका साथ कारबाही प्रक्रिया अघि बढाएको छ । रासस
 

प्रतिक्रिया