भर्खरै

बूढीगण्डकीको मुआब्जा पुनरावलोकन गरौँ ः डा भट्टराई

  • प्रकाशित मिति : Mon-19-Dec-2016
  • - Admin
title

गोरखा, पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजना डुबान क्षेत्रको जग्गाको मुआब्जा पुनरावलोकन गर्नुपर्ने धारणा राख्नुभएको छ । जिल्ला मुआब्जा समितिले मङ्सिर ११ गते प्रतिरोपनी रु पाँच लाख २५ हजारदेखि रु आठ लाख ३५ हजारसम्म मुआब्जा दिने निर्णय गरेपनि प्रभावित क्षेत्रका स्थानीयवासीले असन्तुष्टि जनाएकाले मुआब्जा पुनरावलोकन गर्नुपर्ने भट्टराईको भनाइ छ । 

आज गोरखामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले भन्नुभयो, ‘बूढीगण्डकी छिटो सम्पन्न होस् भन्ने मेरो चाहना छ । पार्टीहरुको दलीय भागबन्डाको कारणले आयोजना बन्न ढिलो भइरहेको छ ।’ मुआब्जा समितिले निर्णय गरेको मुआब्जा रकमबारे प्रभावित क्षेत्रवासी सन्तुष्ट नभएकाले मुआब्जा पुनरावलोकन गर्नुपर्ने उहाँको भनाइ थियो । उचित मुआब्जा दिनुपर्ने भन्दै उहाँले भन्नुभयो, ‘अतिपूर्वको अरुण र अतिपश्चिमको कर्णालीभन्दा बीच भागमा रहेको बूढीगण्डकी क्षेत्रको जग्गाको भाउ उच्च हुनुप¥यो भन्ने प्रभावित क्षेत्रवासीको भनाइ छ । त्यसलाई अन्यथा भन्न मिल्दैन । मुआब्जा मूल्याङ्कन अलि कम भयो भन्ने जनताको आवाज हो । त्यसैले मुआब्जा पुनरावलोकन गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।’ बूढीगण्डकी नबनाउने खेलमा बाबुराम लागिपरेको भन्ने नेकपा ९माओवादी केन्द्र०ले लगाएको आरोपबारे भट्टराईको खण्डन छ, ‘मेरो अग्रसरतामा बुढीगण्डकी विकास समिति गठन भयो । एकथरीलाई त मेरो विरोध नगरी खाएकै पच्दैन । उहाँहरुलाई मेरो भन्नु केही छैन ।’ बूढीगण्डकी राष्ट्रिय गौरवको योजना मेरो पालामा अघि बढेको हो ।’ एकहजार दुईसय मेगावाट क्षमताको बूढीगण्डकी आयोजना निर्माण हुँदा गोरखाका १४ र धादिङका १३ गाविस प्रत्यक्ष प्रभावित हुनेछन् । रासस 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago