भर्खरै

आगामी डेढ वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य

  • प्रकाशित मिति : Sun-18-Dec-2016
  • - Admin
title

लामाबगर दोलखा, चारसय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट आगामी डेढ वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ दु्रतगतिमा काम भइरहेको छ । गत वर्षको भूकम्पबाट क्षतविक्षत भएको पहुँचमार्ग परिवर्तन गरी सुरुङ खनेर बाँधस्थलसम्म पुग्ने बाटो गत मङ्सिर १६ गते सम्पन्न भएपछि २०७५ असार देखि विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको हो । आयोजनाको पछिल्लो प्रगतिबारे जानकारी लिन आज यहाँ आउनुभएका ऊर्जामन्त्री जनार्दन शर्मा, ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायत आयोजना प्रमुखसहितको निरीक्षण टोलीलाई आगामी डेढ वर्षभित्रमा जसरी पनि आयोजनाबाट विद्युत् उत्पादन गर्ने प्रयासका साथ अहोरात्र काम गरिरहेको अवगत गराइएको छ । 

हाल विद्युत् गृह र बाँध निर्माणको काम दु्रतगतिमा भइरहेको छ । आयोजनाको ‘सिभिल, हाइड्रो मेकानिकल, मेकानिकल र इलेक्ट्रिकलका साथै प्रसारणलाइन एवम् सवस्टेसन निर्माणको ठेक्का पाएका अन्तर्राष्ट्रिय ठेकेदारहरुले २०७५ असारसम्ममा विद्युत् उत्पादन सम्पन्न गर्न कठिन हुने बताएका छन् । मन्त्री शर्मासँगको छलफलमा त्यस्तो जानकारी प्रस्तुत भएपछि उहाँले आगामी तीनदिनभित्र नयाँ कार्यतालिका सरकारसमक्ष पेस गर्न सम्बद्ध सबैलाई निर्देशन दिनुभयो । उहाँले सरकारका तर्फबाट आयोजनाका सबै समस्या जसरी पनि समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसैअनुरुपको कार्ययोजना तत्काल पेस गर्न निर्देशन दिनुभयो । सिभिल कार्यअन्तर्गत ८५ दशमलव ३ प्रतिशत काम पूरा भइसकेको छ भने मुख्य सुरुङको माथिल्लो पेनस्टक अडिटबाट माथिल्लो खण्डतर्फ सुरुङ खन्न थालिएको छ । जम्मा १६ दशमलव ९ किलोमिटरमध्ये १५ दशमलव १५ किलोमिटर सुरुङ पनि खनिसकिएको छ । विद्युत् गृहअन्तर्गतको तीनहजार दुईसय १३ मिटर लामो सुरुङ पनि पूरा भएको छ । मेकानिकल तथा इलेक्ट्रिकल कार्यअन्तर्गत आवश्यक उपकरण ढुवानी भइसकेको छ भने टर्वाइन हाउसिङ र डिस्टिब्युटर जडान गरी परीक्षणसमेत पूरा भइसकेको छ । त्यस्तै, प्रसारण लाइनअन्तर्गत खडा गरिने एकसय २७ वटा टावरमध्ये ५७ वटाको जग निर्माण गरी ६६ वटा टावरको जडान पनि पूरा भएको छ । स्वदेशी लगानी रु ३५ अर्ब २९ करोडमा निर्माणाधीन आयोजनामा कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, नागरिक लगानी कोष, राष्ट्रिय बिमा संस्थान र नेपाल सरकारबाट पुँजी प्रवाह भएको छ । रासस 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago