भर्खरै

विद्युत्भार कटौतीको अन्त्य गर्न ¥याली

  • प्रकाशित मिति : Sun-18-Dec-2016
  • - Admin
title

काठमाडौँ,  ‘भ्रष्टाचारको जालो तोड्दै विद्युत्भार कटौतीको अन्त्य गरौँ, कमिसनखोरको पञ्जाबाट प्राधिकरण मुक्त गरौँ’ भन्ने नारासहित  राजधानीमा ¥याली निकालिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा उज्यालो नेपालको आयोजना र विवेकशील नेपालीको व्यवस्थापनमा ब्यानरसहितको ¥याली निकालिएको हो । 

प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपबाट सुरु भएको ¥याली खुल्लामञ्चमा पुगेर सांस्कृतिक कार्यक्रममा परिणत भएको थियो । ¥यालीमा राष्ट्रिय झन्डा र प्लेकार्डसहित युवाको बाक्लो सहभागिता थियो । 

प्रतिक्रिया