भर्खरै

सोलारबाट आगलागी हुँदा घर जल्यो

  • प्रकाशित मिति : Fri-16-Dec-2016
  • - Admin
title

जाजरकोट, १ पुस, एक दलित परिवारको सोलारबाट भएको आगलागीका कारण घर पूर्णरुपमा जलेपछि विचल्ली भएको छ । जिल्लाको रामीडाँडा गाविस–८, छेडास्थित जीतबहादुर परियारको घरमा आगलागी हुँदा घरभित्र रहेका लत्ताकपडा, अन्न, भाँडाकुँडा र घर पूर्णरुपमा जलेको स्थानीय सञ्चारकर्मी कालीप्रसाद थापाले जानकारी दिनुभयो । जीतबहादुरका बच्चाले सोलारको तार शुक्रबार बिहान चलाउँदा माइनस, प्लस जुध्दा घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय वारेकोटले जनाएको छ । पुसको चिसो र घरमा कपडा सिलाएबापत उठाएको अन्न र घर सबै जलेपछि परियार परिवार विचल्लीमा परेको छ । जाजरकोटमा रामीडाँडा गाविसमा सबैभन्दा बढी चिसो हुने गर्दछ । 

अर्काको कपडा सिलाएबापत दिएको अन्नले दैनिक छाकटार्ने परियारलाई अब घर बनाउने र सबै जहान कसरी पाल्ने भन्ने चिन्ताले सताएको छ । अब दैनिक कपडा सिलाउने मेसिन पनि जल्दा गरिखाने हातै भाँचिएको उहाँको भनाइ छ । रासस 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago