ह्याकरबाट यसरी बचाउनुहोस् तपाईँले आफ्नो स्मार्ट फोन
- प्रकाशित मिति : Thu-15-Dec-2016
- - Admin
काठमाडौं । आज स्मार्ट फोन नबोक्ने व्यक्ति कमै होलान तर, धेरै प्रयोगकर्ता भाइरसको समस्याले हैरान भएको हुन्छन् । अनलाइन ह्याकरहरुले तपाईकनो मोवाइलमा कुनै न कुनै तरिकाले तपाईलाई भाइरस पठाइरहेकै हुन्छ । भाइरसले तपाईको मोवाइल ह्यान मात्र गर्दैन मोवाइलमा भएका डाटा हयक नै गरिदिन सक्छ । महत्वपुर्ण सुचनाहरु गुमाइदिन पनि सक्छ ।
प्रयोगकर्ताहरु ह्याकरको भाइरस पठाउने चाललाई बुझन सक्दैनन् । र, सजिलै ह्याकरको फन्दामा फस्छन् । एक पटक स्मार्ट फोन भाइरसको फन्दामा फसेमा ह्याकरको चाहना अनुरुप तपाइँको स्मार्ट फोनले काम गर्न थाल्छ । फोन तपाईकै हातमा हुन्छ । तर, त्यसको सम्पूर्ण नियन्त्रण ह्याकरको औंलामा हुन्छ । के तपाई आफ्नो फोनको रिमोट अरुको हातमा भएको हेर्न चाहनुहुन्छ ? आफ्नो दैनिकीकोरुपमा रहेको फोनको चाबी अरुको हातमा भएको कसैले पनि हेर्न सक्दैन । यदि तपाई पनि आफ्नो फोनलाई ह्यारबाट मुक्त राख्न चाहनुहुन्छ भने फोनमा आउने भाइरसलाई तुरुन्तै हटाउनु आवश्यक छ । फोनमा भाइरसले बास गरेमा यसलाई हटाउनका लागि सबैभन्दा सजिलो उपाय हो, फोन फरम्याट गर्नु । फोन फरम्याट गरेर तपाइँलाई भाइरसबाट मुक्ति त मिल्छ । तर फरम्याट गर्दा तपाईका महत्वपूर्ण डाटा डिलिट हुनगई समस्या पर्छ । यसैले विना फरम्याट भाइरस डिलिट गर्ने केही उपाय जान्नुस ।
टर्न अन सेफ मोड ः
आफनो मोवाइललाई स्विच अफ गरेर अन गर्नुस् । मोबाइल अन हुँदा मोबाइलको नाम देखाउन थाल्ले बित्तिकै भोल्यूम घटाउने कि मा थिच्ने । भोल्यूम घटाउने कि त्यतिखेरसम्म थिच्ने जबसम्म तपाईको मोबाइल पूर्ण रुपमा रिस्ट्रार्ट हुदैन । त्यति गरिसके पछि मोबाइलको लेफ्ट साइडमा सेफ मोडको वाटरमार्क देखिन्छ । त्यो देखियो भने तपाईको फोन सेफ मोडमा रहन गयो ।
मोबाइल सेफ मोडमा एक्टिभेट भएपछि सेटिङ एप्स डाउनलोडमा जानेमा जाने । डाउनलोडमा गएर डाउनलोड एप्सको चेक गर्ने । तपाईले डाउनलोन नगरेको कुनै एप्स डाउनलोडमा छ भने त्यो भाइरस हुनसक्छ ।
भाइरसलाई अनस्टल गर्ने तरिकाः
तपाईलाई शंका लागेको एप्सलाई ट्याप गर्ने अनस्टल अपसन देखाउँछ र त्यो एप्सलाई अनस्टल गर्ने । एप्स अनस्टल भएपछि फोनलाई रिबूट गर्ने अब सेफ मोड चाहिँदैन ।
भाइरस डिलिट यसो गर्नुस
यदि माथिको तरिकाले पनि भाइरस हटेन भने सेटिङ सेक्युरिटी डिभाइस एडमिसिनस्टरमा गएर एप्सलाई डिएक्टिभेट गर्नु सबै भन्दा राम्रो हुन्छ ।