भर्खरै

क्लबद्धारा खानेपानी मर्मत सम्भार तालिम सम्पन्न 

  • प्रकाशित मिति : Thu-08-Dec-2016
  • - Admin
title

विद्युत संसार संवाददाता
गोरखा घ्याल्चोकस्थित भिमसेनस्थान युवा क्लबद्धारा ५ दिने खानेपानी तालिम सम्पन्न गरेको छ । युनिसेफको आर्थिक सहयोगमा क्लबद्धारा मर्मत सम्भार तालिम सम्पन्न गरेको हो । ५ दिन सम्म चलेको उक्त तालिम खानपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाका रत्न प्रसाद लामीछानेको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । सम्पन्न कार्यक्रममा  यनिसेफका वास अफिसर सुर्य थापा, ईन्जिनियर  बिनोद विक्रम शाह, गाविस सचिब लगायतको उपस्थिति थियो । आगामी दिनमा क्लबले समाजको विकास र निर्माणमा अग्रणी भुमिका निर्वाह गर्दै आउने अध्यक्ष  भुमि प्रसाद रेग्मीले बताए । खानेपानी उपभोग गर्दै जादा खानेपानी ट्यांकी पाइप धारा लगायत विभिन्न विषयमा हानी नोक्सानी आउन सक्ने कारण मर्मत सम्भारको लागि तयारी रहन तालिम दिइएको थियो । घ्याल्चोक दर्बुङ दुइ गाविसका  उपभोक्ता समति सम्बन्धित रेखदेख गर्ने व्यक्ति लगायत उपलब्ध व्यक्तिहरुलाई उक्त मर्मत सम्भार तालिम दिइएको थियो । यही मंसिर १४ गते देखि १८ गते सम्म  संचालन भएको तालिममा स्थानिय कृष्ण नारायण श्रेष्ठ उत्कृष्ट भएका थिए । तालिम खानेपानी आयोजनालाई सहयोग पुग्ने उद्धेश्यले सम्पन्न भएको आयोजकले जनाएको छ । 
 

प्रतिक्रिया