बिस्वासिलो न्यु रिपब्लिक किचन एण्ड सोलार
- प्रकाशित मिति : Mon-05-Dec-2016
- - Admin

न्यु रिपव्लिक किचन एण्ड सोलार होम कृष्ण न्यौपाने प्रोपाइटर
न्यु रिपव्लिकन किचन एण्ड सोलार करिब ७० सालदेखि निरन्तर सेवारत छ । हाम्रो ग्राहकको सन्तुष्टि नै कम्पनी उद्धेश्य हो । यस कम्पनीले यसले विषेश गरी किचन कन्सेप्ट, सोलार वाटर हिटर लगायत सामानहरुको बिक्रि गर्दछ । हाम्रा प्रोडक्टहरु चाइना, इण्डिया, मलेसिया आदि देशहरुबाट आयात गरी स्टोर गरेर ग्राहकहरुसम्म पुर्याउँछौं । हामीले सोलार वाटर हिटर, वाटर ट्रिटमेन्ट भान्सा डेकुरेन्स, इलेक्ट्रिक किचन, चिम्नि लगायत विभिन्न सामानहरुको व्यापार गर्दछौं । आज सम्म हाम्रा ग्राहकहरु सन्तुष्ट छन् ।
सोलार हिटरले पानीलाई आफुले चाहे अनुसार ताप दिई तातो बनाइ पिउन नुहाउनका लागि काम गर्न सकिन्छ, त्यस्तै सोलार सिस्टम भएकोले भन्सार लाग्दैछन । यसैले यसको मुल्यमा सहज पनि छ । जाडो मौषमामा यो एकदमै लोकप्रिय बनरिहेको छ । गुणस्तरका हिसावले पनि निकै राम्रो छ । त्यस्तै अर्को वाटर ट्रिटमेन्ट प्लान्ट पनि निकै रुचाइएको भरपर्दो बस्तु हो । यो आयातित तर अत्याधुनिक पानी शुद्धिकरण गर्ने मेशिन हो, यसले जमिन मुनीबाट निकालिएको पानीलाई सय प्रतिशत शुद्धिकरण गर्दछ । जुन हाल भइरहेको पानीको अभावलाई न्युनकरण गरी सरकारलाई तथा जनतालाई टेवा दिन्छ ।
त्यस्तै भान्सा डेकुरेसनका सामानहरु पनि हुन्छन् यो रेडिमेट किचन हो । जसमा धुलो धुँवाको डर हुदैन । सबै खानेकुरा सफा उपयुक्त हुनेछ । वाताबरण मैत्री हुन्छ । हामीले विशेष गरी इलेक्ट्रिक किचन तथा चिम्नि प्रयोग गरेका छौं । यसले आजको आधुनीक जीवन शैली अपनाउदै गएको मानिसहरुलाई निकै सहज र सजिलो बनाएको छ । धुँवा तथा तेल सोस्ने काम गर्दछ । यसरी हामीले विभिन्न ठाउँमा उपभोक्तालाई सहजीकरण गर्न बनस्थलीमा पनि करिब २ महिना पछि अर्को ब्रान्स खोल्न गइरहेका छौं । ग्राहकको चाहाना अनुसरा माग भएमा हामी होम डेलिभरी समेत गर्दछौ । हाम्रा सामान भरपर्दो गुणस्तरीय र विस्वासिला छन् । फेरि हामी ग्राहकको चाहना अनुसार सर्भिस प्रोभाइड गर्दछौं । त्यसैले निर्धक्क रहेर हाम्रो सेवा लिन सकिन्छ ।