भर्खरै

पोखरा इलेक्ट्रिकल एशोसिएशन मा नयाँ कार्यसमिति

  • प्रकाशित मिति : Mon-05-Dec-2016
  • - Admin
title

यहि मंसिर १८ गते भएको साधरण सभाले पोखरा इलेक्ट्रिक संघमा नयाँ कार्यसमिति चयन गरेको छ । नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष तेज नारायण खरेलको प्रमुख आथित्यमा  उक्त कार्यक्रम सम्पन्न भएको थियो । महाधिबेसनमा १९ जनाको  नयाँ कार्यसमितिमा ६ जना सल्लाहकार हुने व्यवस्था रहेको छ, भने, १२ जनाको पदाधिकारी सहित समिति चयन गरेको हो । शनिबार सम्पन्न  १७ साधरण सभा तथा  नवौं महाधिबेशनले राजेन्द्र बहादुर कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्ष कार्की अघिल्लो कार्यकालमा बरिष्ठ उपाध्यक्ष रहेका थिए । कार्यक्रममा  नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रय कार्य समिति सदस्य तथा पश्चिममाञ्चल  उद्योग बाणिज्य  संघका अध्यक्ष सञ्जिब बहादुर कोइराला  तथा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष  लक्ष्मी  प्रसाद त्रिपाटी लगायतको विशिष्ट आथित्यमा कार्यक्रम सफलतापूर्ण सम्पन्न भएको  थियो । 
पोखरा इलेक्ट्रिकल एशोसिएशन पोखरामा रहेर विद्युतीय व्यवसाय गरि रहेका व्यवसायीहरुको कृयासिल संस्था हो । संस्था १७ वर्ष पुरा गरी १८ वर्षमा प्रबेश गरेको उपलक्ष्यमा नयाँ कार्यकालका लागि साधरण सभा सहित अधिबेसन समेत भएको हो ।  अधिबेसनले बरिष्ठ उपाध्यक्ष्य  राजु भण्डारी, दिृतिय उपाध्यक्ष  मक्तिनाथ आचार्य, तृतिय उपाध्यक्ष  रिषिराज बराल, महासचिब शिशिर मिश्र,  सिचब साँग्रिला केसी , कोषाध्यक्ष गिरी राज बराल सहकोषाध्यक्ष कृष्णमणि भण्डारी  त्यस्तै सदस्यहरु  केशब ढकाल, निल बहादुर भुजेल, अजय भण्डारी,  चन्द्र बहादुर थापा  रहेका छन्, भने, बाकी एक जना मनोनितबाट आउने बाँकी रहेको एशोसिएशनले जनाएको छ । 
 त्यस्तै एशोसिएशनको सल्लाहकारहरुमा  बालकृष्ण बराल, मोहन रत्न शाक्य, पे्रम बहादुर जिसी ,  बिनोद बहादुर कार्की, हिमालय बख्रेल केदार नाथ भट्टराई रहेका छन् । अघल्लो बर्षको कार्यसमितिले साधरण सभामा जम्मा आम्दानी २ लाख ५१ हजार ३ सय ७४  रहेको थियो । जम्मा आम्दानीमा १लाख ५१ हजार ६ सय ५८ रुपैया खर्च भइ १ लाख ६ सय ८९ रुपैया बचत हुन गएको जनाएको छ । 
कार्यक्रममा नयाँ कार्यसमितिलाई प्रमुख अथिति खरेलले व्यवसायिक हकहितका लागि अघि बढ्ने अपेक्षा सहित शुभकामना व्यक्त गर्नुभएको थियो । 


 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago