भर्खरै

नेकपा (संयुक्त) ले सधैँ किन रोज्छ वातावरण मन्त्रालय?

  • प्रकाशित मिति : Tue-20-Sep-2016
  • - Admin
title

नेकपा (संयुक्त) का संसदीय दलका नेता जयदेव जोशीले बिहीबार जनसंख्या तथा वातावरण मन्त्रीका रूपमा पदभार ग्रहण गरे । मन्त्रीको शपथ लिएको चौथो दिन जोशीले मन्त्रालयको जिम्मेवारी पाएका हुन् । ठूला पार्टी र साना दलले समेत वातावरण मन्त्रालयप्रति खासै रुचि देखाउँदैनन् । तर, नेकपा संयुक्तको रोजाइमा भने जहिल्यै वातावरण मन्त्रालय पर्छ । उक्त पार्टीबाट वातावरण मन्त्रालय सम्हाल्ने जोशी चौथो नेता हुन् ।

 

गणतन्त्र स्थापनापछि नेकपा संयुक्त पाँच पटक सरकारमा गयो । चार पटक उक्त पार्टीले वातावरण मन्त्रालय सम्हाल्यो । बाबुराम भट्टराई नेतृत्वको सरकारमा एक पटक भूमिसुधार मन्त्रालय चलायो । त्यति बेला पार्टी अध्यक्ष रहेका चन्द्रदेव जोशी भट्टराई नेतृत्वको सरकारमा भूमिसुधार मन्त्री बनेका थिए । संयोग कस्तो परेको छ भने पार्टीका अध्यक्ष, महासचिव र सचिव सबै पूर्व वातावरण मन्त्री छन् । पहिलो पटक वातावरण मन्त्री बनेका गणेश साह अध्यक्ष छन् भने दोस्रोपटक वातावरण मन्त्री बनेका ठाकुर शर्मा महासचिव, तेस्रोपटक वातावरणमन्त्री बनेका सुनील मानन्धर पनि पार्टीका पूर्वमहासचिव हुन् । अहिलेका वातावरण मन्त्री जोशी पार्टीमा सचिव हुन् ।

प्रतिक्रिया