भर्खरै

वारङ्गी गा.वि.स.का ९५ प्रतिशत घरमा सौर्य बत्ती

  • प्रकाशित मिति : Thu-22-Sep-2016
  • - Admin
title

उर्लाबारी (मोरङ), सौर्य ऊर्जामा अनुदान दिएपछि उत्तरी मोरङको वारङ्गी गाउँ विकास समितिका ९५ प्रतिशत जनताले सौर्य बत्ती जडान गरेका छन् । जिल्ला विकास समिति तथा वैकल्पिक ऊर्जा कार्यक्रम र गाउँ विकास समितिले अनुदान दिएपछि वारङ्गीका अधिकांश गाविसवासीले सोलार बत्ती जडान गरेका हुन् । रु १० हजार मूल्य पर्ने एउटा सोलारमा जिविस मोरङले रु तीनहजारदेखि साढे तीन हजार,  वैकल्पिक ऊर्जाले रु चार हजार तथा गाउँ विकास समितिले रु ५०० अनुदान दिने  गरेको छ । उज्यालो कार्यक्रमअन्तर्गत स्थानीय  उपभोक्ताले सोलार जडान गर्दा रु दुई हजार मात्र व्यहोर्नु पर्ने हुन्छ । सहज अनुदान पाएपछि सो गाउँ विकास समितिका ६५० घरधुरीमध्ये ५७५ घरधुरीले सोलारको प्रयोग गरेको छ । विशेष कार्यक्रम सञ्चालन गरेर बाँकी रहेका घरधुरीमा पनि सौर्य ऊर्जा बत्ती जडान गरिने जिविसले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago