भर्खरै

दरौंदी ए जलविद्युतको परीक्षण उत्पादन

  • प्रकाशित मिति : Wed-21-Sep-2016
  • - Admin
title

विद्युत संसार÷सम्वाददाता  गोरखा, गोरखाको  मुच्चोकमा निर्माण  गरिएको ६ मेगावाट क्षमताको दरौँदी  ए जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु  गरिएको छ ।  असोज २२ गतेदेखि विभिन्न चरणमा परीक्षण उत्पादन  
दरौंदी ए जलविद्युतको परीक्षण उत्पादन
गरिँदै आएको आयोजनाले जनाएको छ । उक्त  आयोजना कालिका हाइड्रोपावर कम्पनीले रु एक अर्ब १० करोडको लगानीमा निर्माण  गरेको हो । आयोजनाको सम्पूर्ण परीक्षण सकिएपछि नेपाल विद्युत् प्राधिकरणलाई छिट्टै विद्युत् बिक्री सुरु गरिने आयोजना निर्माण कम्पनीका प्रबन्धक विष्णु पन्तले बताउनुभयो । ‘रन अफ द रिभर’ प्रकृतिको आयोजनाको पावर हाउस  चनौटेमा निर्माण गरिएको छ । चनौटेदेखि गोरखा सदरमुकामको हरमटारीस्थित विद्युत् सवस्टेसनसम्म प्रसारण लाइन ल्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 21 hours ago