भर्खरै

इन्धन सिष्टममा समस्या आएपछि भारतमा फिर्ता बोलाइयो रेडी

  • प्रकाशित मिति : Wed-21-Sep-2016
  • - Admin
title

जापानी वाहन कम्पनी निसानले भारतमा आफ्नो उत्पादन डाट्सन ब्रान्डको इन्ट्रि लेभल कार फिर्ता  बोलाएको छ । कम्पनीले इन्ट्रि ले भल मोडलको रेडी(गो ९३२ कार फिर्ता मगाएको हो । कारमा दे खिएको इन्धन सिष्टम सम्बन्धि समस्या ठीक गर्न फिर्ता मगाएको कम्पनीले जनाएको छ । कम्पनीले कारको फ्युल होज जाँच गरि क्लिप लगाइदिने जनाएको छ । यसका लागि ग्राहकसँग कुनै शुल्क नलिने समेत जनाएको छ । कम्पनीले  यहि महिना सम्बन्धित ग्राहकलाई यसबारे सूचना समेत दिएको थियो। कम्पनीका एक अधिकारीका अनुसार १८ मे २०१६ सम्म निर्मित कार बजारबाट फिर्ता मगाइएको हो। कम्पनीले यहि बर्ष सात जुनमा रेडगो कार बजारमा ल्याएको थियो । अहिले सम्म यो भारतमा १४ हजार थान बिक्री भइ सकेको छ । केहि महिना अघि मात्र नेपाल भित्रिएको यो कार मोटरसाइकबाट अपग्रेड हुनेहरुले निकै रुचाएका छन् ।

प्रतिक्रिया