भर्खरै

पोल गाडेको नौ वर्षमा पनि तार टाँगिएन

  • प्रकाशित मिति : Fri-16-Sep-2016
  • - Admin
title

भोजपुर जिल्लाको दक्षिणी  भेगका रानीबास होम्ताङ, सिन्द्राङ, पात्लेपानी लगायत एक दर्जन गाविसमा विद्युतको केन्द्रीय प्रसारण लाइनपुर्याउने योजना नौ वर्ष देखि अलपत्र परेको छ । अहिले सम्म सिमित स्थान  बाहेक अन्यत्रतार समेत  नटागिंदा स्थानीयको आशाा मरेको छ । ३३ केभी केन्द्रीय प्रसारण लाइन जोड्ने भन्दै नौ वर्ष अगाडि  पोल गाडिएको थियो । पोल गाडेको लामो समय सम्म पनि विजुली उपलब्ध नहुदा त्यहाँका जनतामा निराशा छाएको छ । तत्कालिन समयमा केन्द्रीय प्रसारण लाइन लै जाने भन्दै धनकुटाको हिले सब–स्टेसनबाट पोल गाड्न र तार टाँग्न सुरु गरिएको थियो । तर, नौ वर्षको अवधिमा घोडेटार र आसपासमा  पोल गाड्ने र तार टाँग्ने भन्दा बढी काम हुन सकेको छैन । विद्युत् विस्तारका लागि घोडेटार बजार आसपास करिब दुई सय घरबाट पटक–पटक गरी प्रतिघर न्यूनतम ६ हजारका दरले र कम समेत उठाइएको थियो ।  पोलका लागि ८१ वटा मसलाको काठ खरिद गर्ने प्रक्रिया अगाडि बढाइए पनि विद्युत् प्राधिकरण  क्षेत्रीय कार्यालय विराटनगरले मसला काठको पोल भर  पर्दो नहुने भनेपछि आल्मु नियमकै पोल झिकाएर गाडिएको छ । तर, केन्द्रीय प्रसारण लाइन जोड्ने कुरामाकुनै प्रगतिहुन सकेको  छैन । पटक–पटक ताकेतागर्दा पनि आश्वासन बाहेक केही नपाएको स्थानीयले गुनासो गरेका छन् । पश्चिमी ११ वटा र उत्तरी पाँचभन्दा बढी गाविसमा विद्युत् विस्तार गर्ने योजना पनि दक्षिणी भेगको जस्तै छ । पाँच वर्ष अगाडि पोल गाड्ने र तार टाँग्ने कामभएको थियो । त्यो त्यसैमा सीमित बनेको छ । मध्यपहाडी लोकमार्ग हुँदै पश्चिमी दावा बजारमा टाँगिएका तार विस्तार गर्नुको सट्टा प्राधिकरण वितरण शाखा भोजपुरले उठाउन  थालेको छ । प्राधिकरणले चाँडै विद्युत् विस्तार गर्ने बताए पछि दावा बजारका स्थानीयले चार वर्ष अगाडि  घरमा वायरिङ समेत गरिसकेका छन् । ०६४ को चुनावताका गाडिएका पोल खिया लागेर  खिइसकेका छन् । किमालुङ, साङपाङ,  देउराली, तुगेंछा र केउरेनी पानीमा गाडिएका  पोल र टाँगिएका तार कामन लाग्ने भएका छन् । कतिपय पोल किसानका बारी र कान्लामा जथाभावी लडाएर राखिएका छन् भने तार तथा अन्य उपकरण पनि प्राधिकरणको परिसर माझारले पुरिएका छन् ।

प्रतिक्रिया