भर्खरै

तिहार विशेष बत्ति किनमेल बढ्या करिब ७५ करोड रुपैया बराबरको कारोबार हुने

  • प्रकाशित मिति : Wed-21-Sep-2016
  • - Admin
title

तिहारमा रंगी विरंगी झिलिमिली लाइट, बत्ती जोड्ने प्रचलन नै छ । गाउँ  देखि शहरसम्म नेपालीहरुले तिहार मा दिपावली उत्सव मनाउन विभिन्न बत्तिहरुको खरिद गर्ने बाल्ने आम प्रचलन नै हो । नजिकिदो तिहारसँगै लाइनबाट बल्ने झिलिमिली बत्ति झालर, लाइट फोटो, स्टिकर, रंगिन बल्ब पाइप लाइट लगायत विद्युतीय बत्तीहरुको माग उच्च रहने नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ । बजारमा रंगि विरंगी विभिन्न बत्तिहरुको किनमेल शुरु भइसकेको छ । ‘विद्युतीय व्यवसायीहरुको तिहार प्रमुख सिजन हो’ नेपाल विद्युतीय व्यवसायी महासँघका अध्यक्ष तेज नारायण  खरेलले भने । लाइनबाट चल्ने झालर बत्ति, फोटो, पाइप लाइट, स्टिकर लगायत ट्युवलाइट सिफएल चिम, यल.इ.डि चिम हरुको पनि बढि विक्रि हुने उनले बताए । हामी व्यवसायीहरुको प्रमुख सिजनको समय भएकोले विशेष गरी चीन र भारतबाट आवश्यक बत्तिहरु इम्पोर्ट गरिसके । यसरी नेपाल भरि विभिन्न विद्युतीय बत्तिहरु आयात गर्दा करिब ७५ करोड रुपैया बराबर खरिद विक्रि हुने अध्यक्ष  खरेलले बताए ।
९० प्रतिशत चिनिया बत्ति झण्डै ७५ करोड बराबरको दिपावलीका लागि आउने विभिन्न प्रकारका बत्तिहरु मध्ये ९० प्रतिशत चिनिया सामान हुने गरेको छ । बाँकी १० प्रतिशत सामान मात्र भारतिय बजारको रहेको व्यवसायीहरु बताउँछन् ।  तिहारलाई लक्षित सामानहरु करिब २÷३ महिना अघि नै व्यपारीहरुले ल्याउने अध्यक्ष खरेलले बताए । झण्डै डेढसय भन्दा बढि होलसेलरहरुले सामानहरु मगाउने गरेको उनले बताए ।
माग बढ्दो नेपालमा केही समययता दैनिक ठूलो  परिमाणमा झिलिमिली बत्ति भित्रिएको पाइन्छ । कुन किसीमको कस्ता बत्ति आए ? कसरी  प्रयोग भइरहेका छन् कुनै मूल्यांकन छैन । साधारण कम गुणस्तरका बस्तुहरु नेपाल भित्रिदा करोडौं  रुपैया बाहिरिएको छ ।

प्रतिक्रिया